शैलेस श्रेष्ठद्दारा गरिव परिवारलाई जिविकोपार्जनका सामग्री हन्तान्तरण

0
321

नुवाकोट । समाजसेवी एवं युवा ब्यवसायी शैलेस श्रेष्ठद्दारा गरिव परिवारलाई जिविकोपार्जनका सामग्री हस्तान्तरण गर्नुभएको छ ।
लिखु गाउँपालिका वडा नम्वर ४ चोघडाका नरवहादुर नेपालीलाई उहाँले जिविकोपार्जनका विभिन्न सामग्री हस्तान्तरण गर्नुभएको हो ।
सामाजिक कार्य अन्तर्गत उहाँले आफूले कमाएको केहि प्रतिशत दिन दुःखी गरिवका लागि सहयोग गर्दै आउनुभएको छ ।
जस अनुसार नरवहादुर नेपालीलाई उहाँले दैनिक उपभोगिय सामग्री हस्तान्तरण गर्नुभएको हो । उहाँले दैनिक भान्सामा प्रयोग हुने प्रेसर कुकर, कराई , थाल, लोटा , चिया दानी, ग्लास, चम्चा,डाडु, पन्यूँ, बाटा, बाल्टीन लगाएतका सामग्री हस्तान्तरण गर्नुभएको हो ।
उहाँका अनुसार चौघडामा कोही पनि गरिव नहुन् भन्ने हेतुका साथ आफूले काम गर्दै आएको बताउनुभयो ।
हामीले सानो सहयोग गर्दा कसैको जिवनमा नै परिर्वतन आउँछ भने आफू उनीहरुलाई उक्त सहयोग गर्न तत्पर रहेको श्रेष्ठ बताउनुहुन्छ ।
श्रेष्ठले यस अघी चौघडाका विभिन्न खेलमा विजयी खेलाडीहरुलाई साइकल एवं विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण समेत गर्नुभएको थियो ।
उहाँले उक्त सामग्री भुकम्प पीडित नेपालीको घरमा नै पुगेर हस्तान्तरण गर्नुभएको हो ।

https://sambahak.com/wp-content/uploads/2019/05/gyalmu-jee-ko-badai.png
Loading...