१७ दिन अगाडी मात्रै कोरिया आएका एक नेपालीको औंधोगिक दुर्घटनामा परि मृत्यु

0
194

सउल :-  रोजगारीको शिलशिलामा ईपिएस मार्फत दक्षिण कोरिया आएका एक नेपालीको औंधोगिक दुर्घटनामा परि मृत्यु भएको छ ।
सुर्खेत पन्चपुरी नगरपालीका २ घर भई हाल दक्षिण कोरियाको थेजनमा रहेको थेयङ गुम्सोक खोङअप कम्पनीमा कार्यरत २३ बर्षिय थिर बहादुर दर्लामी कम्पनिमा काम गर्दै गर्दा माथीबाट सामान झरेर लागेपछी गम्भिर घाईते भएका थिए।

मृतक दर्लामीलाई कम्पनी द्वारा श्रद्दान्जली दिईदै।

घाईते भए लगत्तै नजिकैको हस्पिटल पुर्याएर उपचार गरिएतापनि गम्भिर चोटको कारण उपचारका क्रममै अस्पतालमा मृत्यु भएको सुर्खेत समाजका वरिष्ठ उपाध्यक्ष पुस्कर बुढाथोकीले जानाकारी दिनुभयो।

मृतक दर्लामी १७ दिन अगाडी मात्रै ईपिएस मार्फत दक्षिण कोरिया आएका थिए भने काम सुरु गरेको मात्र ११ दिन भएको थियो। ८ जना नेपाली रहेको उक्त कम्पनीले डोजरका पार्ट पुर्जा बनाउने काम गर्दै आएको छ ।

अविवाहित दर्लामीको नेपालमा आमाबुवा,एकजना दाई र २ जना दिदी रहेको बुझिएको छ।

Loading...
SHARE
Previous articleशैलेस श्रेष्ठद्दारा गरिव परिवारलाई जिविकोपार्जनका सामग्री हन्तान्तरण
Next articleजापानमा ६० वर्षपछिकै शक्तिशाली ‘ह्यागिबिस’ आँधी