भुटानी शरणार्थी शिविरमा आगलागी, नौ घर नस्ट

0
77

झापा । झापाको दमकस्थित भुटानी शरणार्थी शिविरमा आगलागी भएको छ । विहान १० बजे देखि लागेको भिषण आगलागीका कारण सरणर्थीका छाप्रा जलेर नस्ट भएको थियो । बेलडाँगीमा आगलागीबाट नौघर ९छाप्रा० जलेर पूर्ण रुपमा नष्ट भएको आगलागी स्थलमा रहनुभएका इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरिक्षक दलकुमार राईले बताउनुभयो ।

उहाँका अनुसार एक वृद्ध शरणार्थी महिलाको घरबाट आगो सल्केको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । करिब ६५ वर्षिया फुलमाया राईको घरबाट आगो सल्केको र उहाँ एक्लै छाप्रोमा बस्दै आउनुभएको थियो । सामान्य घाइते उहाँको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

दमक, गौरादहलगायत क्षेत्रका दमकले १ घण्टा लगाएर आगो नियन्त्रणमा लिएको र अहिले क्षतिको विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जानकारी दिएको छ ।
‘आगो ११ बजेर १५ मिनेटमा नियण्त्रणमा आएको छ र क्षतिको विवरण संकलन भइसकेको छैन’ राईले जानकारी दिनुभयो ।

Loading...
SHARE
Previous articleआज कोजाग्रत पूर्णिमा, कार्तिक स्नान शुरु
Next articleउचित मूल्य नपाएपछि अण्डा उत्पादक निरास