१२ वर्षीया बालिका बलात्कार गर्ने १४ वर्षका किशोर पक्राउ

0
74

कैलाली । कैलालीको धनगढीमा बालिका बलात्कारको आरोपमा एक किशोर पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–४ की १२ वर्षीय बालिका बलात्कार गरेको आरोपमा १४ वर्षीय किशोर पक्राउ परेका हुन् । शनिवार राति ९ बजे ठूली आमाको घरमा लगेर बालिकामाथि बलात्कार गरेको आरोप बालिकाका आफन्तले लगाएका छन् ।

आफन्तले खबर गरेपछि १४ वर्षीय किशोरलाई उत्तरवेहडीबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।

बालिकाको स्वास्थ्य परीक्षणका लागि सेती प्रादेशिक अस्पताल लगिएको छ ।

https://sambahak.com/wp-content/uploads/2019/05/gyalmu-jee-ko-badai.png
Loading...