क्वालिटीमा विपद् जोखिम न्यूनीकरण कार्यक्रम, २ सय विद्यार्थी लाभान्वित

0
110

 

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ६ नगरकोट फेदीमा अवस्थित क्वालिटी इंग्लिस स्कुलले असोज ३० गते विपद् व्यवस्थापनसम्बन्धी सचेतनामूलक कार्यक्रम गरेको छ ।

विद्यालयमा गठन भएको जनियर रेडक्रस सर्कलले आयोजना गरेको सो कार्यक्रममा कक्षा ६ देखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो । करिब २०० विद्यार्थीहरु सहभागी सो कार्यक्रम अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत विद्यालयमा पनि उक्त कार्यक्रम गरिएको विद्यालयले जनाएको छ ।

नेपाल पनि विभिन्न खाले विपद्को जोखिममा रहेको सन्दर्भमा विद्यार्थीलाई जोखिम न्यूनीकरणसम्बन्धी ज्ञान दिन तथा जोखिम व्यवस्थापनका सीपको आवश्यकताबारे जानकारी दिन सो कार्यक्रम गरिएको विद्यालयका प्रिन्सिपल जि. बी. खड्काले बताए । नेपालमा विपद् निम्त्याउने मुख्य प्रकोपहरुका रुपमा रहेको सडक दुर्घटना, विभिन्न रोगको महामारी, भूकम्प, पहिरो, बाढी, हिमपात र खडेरीजस्ता विषयहरुबारेमा विद्यालयका शिक्षक तथा कक्षागत रुपमा विद्यार्थीहरुले आफ्ना विचारहरु प्रस्तुत गरेका थिए ।

‘भोलि आउने सक्ने विभिन्न विपद्बारे आजै ज्ञान लिएर त्यसलाई व्यवहारमा उतार्नका लागि नयाँ पुस्तालाई सचेत र उत्साहित गर्न सके प्रकोपबाट पर्ने असरलाई कम गर्न सकिन्छ भन्ने ज्ञान दिन सचेतनामूलक कार्यक्रम गरेका हौं’ प्रिन्सिपल खड्काले भने, ‘यसबाट विद्यार्थीहरु लाभान्वित भएका छन्, उनीहरुले जोखिम न्यूनीकरणको आवश्यकतासँगै आवश्यक सीपको जरुरी रहेको महसुस गरेका छन् ।’ विद्यालयमा गठन भएको जुनियर रेडक्रस सर्कलले समयसापेक्ष विभिन्न कार्यक्रमहरु गरिरहेको बताउँदै सर्कलका कारण विद्यार्थीको व्यक्तित्व विकासमा पनि सहयोग पुगिरहेको विद्यालयका प्रिन्सिपल एवं सर्कलका संरक्षक खड्काको भनाइ छ ।

https://sambahak.com/wp-content/uploads/2019/05/gyalmu-jee-ko-badai.png
Loading...