रोल्पामा भक्तपुर मार्शल आर्ट्स हाप्किडो खेलाडीलाई ३ स्वर्ण पदक

0
186

रोल्पा । शहिद स्मृति मार्शल आर्ट्स हाप्किडो प्रथम राष्ट्रिय प्रतियोगितामा प्रदेश नम्बर पाँचले आठ स्वर्ण हात पारेको छ । परिवर्तन गाउँपालिका, पुतलाचौरमा कार्तिक २ गते सम्पन्न भएको उक्त प्रतियोगितामा प्रदेश पाँचले सबैभन्दा बढी स्वर्ण हात पार्न सफल भएको हो ।

त्यसैगरी, प्रदेश नम्बर ३ ले ६ स्वर्ण, कर्णाली प्रदेशले दुई स्वर्ण पदक जितेका छन् । प्रतियोगितामा पुरुषतर्फ ३ नम्बर प्रदेशका विशाल खड्का र महिलातर्फ ५ नम्बर प्रदेशकी कविता घर्तीमगर उत्कृष्ट खेलाडी घोषित भए । त्यसैगरी, आयोजक टोलीका अशोक बुढामगर उदीयमान खेलाडी घोषित भए भने भुवन बुढामगर उत्कृष्ट रेफ्रि घोषित भए ।
भक्तपुरका खेलाडीलाई ३ स्वर्ण पदक
खेलमा भक्तपुरका ३ खेलाडीले स्वर्ण पदक हात पारेका थिए । खेलमा सहभागी ८ खेलाडी मध्यमा ३ खेलाडीले स्वर्ण, २ रजत र १ कास्य पदक जित्न सफल भएको भक्तपुर मार्शल आटर््स हाप्किडो संघका अध्यक्ष तथा कोच पद्मा खयरगोली जानकारी दिनुभयो ।
भक्तपुरका ६०–६५ तौल समूहमा जयन्ती श्रेष्ठ प्रथम, पुरुष तर्फ ४५–५० तौलमा कान्ति लामा प्रथम, ६०–६५ तौलमा कविराजले स्वर्ण पदक प्राप्त गर्न सफल भएका हुन् । त्यस्तै गरि ६०–६५ तौल समूहमा सुसान्त लामिछाने र ४५–५० तौल समूहमा अन्जना ढुंगेल द्धितीय तथा ५०–५५ तौलमा करुणा चक्रधर तृतिय हुन सफल भएका थिए ।

रोल्पा जिल्लाको परिवर्तन गाउँपालिकामा भएको उक्त प्रतियोगिता रोल्पा मार्शल आर्ट्स हाप्किडो संघको आयोजनामा, नेपाल मार्शल आर्ट्स हाप्किडो संघको सहयोगार्थ र परिवर्तन गाउँपालिका, रोल्पाको मुख्य प्रायोजनमा भएको थियो । प्रतियोगितमा सात प्रदेश र आयोजक फाइट, डेमेस्ट्रेशन, सेल्फ डिफेन्स गरी आठ टोलीका करिब दुई सय जना खेलाडीहरुको सहभागीता रहेको थियो ।

https://sambahak.com/wp-content/uploads/2019/05/gyalmu-jee-ko-badai.png
Loading...