काँग्रेसको जितकालागि हामी एक हुनुको विकल्प छैन :जीवन खत्री

0
633

नेपाली काँग्रेसबाट गत निर्वाचनमा प्रदेश सभा सदस्यका उम्मेद्वार हुन् जीवन खत्री । नेपाली काँग्रेस भक्तपुर क्षेत्र नम्वर १ का क्षेत्रिय सभापाति खत्री स्व हरिशरण लामिछानेको मृत्यु पछि मंसिर १४ गते हुन् लागेको उपनिर्वाचनको प्रमुख दाबेदार हुन् । केन्द्रिय कार्यसमितिले पुरानै उम्मेद्वारलाई निर्वाचनमा उम्मेद्वारी दिई रहँदा उनी भने पार्टी जिताउनु पर्छ भन्दै आफुले उपनिर्वाचनका लागि दावा नगर्दै प्रचार प्रसारमा लागी परेका छन् । भक्तपुर क्षेत्र नम्वर १ क चाँगुनारायण प्रदेशमा नेपाली काँग्रेसका तर्फबाट प्रमुख दावेदार रहेका खत्रीले किन आफू पून उम्मेद्वारी नदिई अरुलाई मौका दिए भन्ने विषयमा संवाहक संग गरिएको छोटो कुराकानी ।

हुन् गई रहेको निर्वाचनमा किन फेरी उम्मेद्वारी नदिने निर्णय गर्नुभयो ?
हामी लोकतान्त्रिक पद्दतीको अनुयायी हौ । म भन्दा पनि हामी काँग्रेसको प्रतिनिधि पात्र हौ । यसलै ब्यक्ति केन्द्रित भन्दा पनि पार्टी प्रमुख बनाउँदै आफू उक्त निर्वाचनका लागि प्रमुख दावादार हुँदा हुँदै पनि मैले आगामी उपनिर्वाचनका लागि उम्मेद्वारी नदिने निर्णय गरेको हुँ । यो सिंगो नेपाली काँग्रेसको अग्नी परिक्षाको घडी हो आफू भन्दा पनि पार्टीलाई विजयी गराउनु पर्छ भन्ने सिद्दान्तलाई अग्रसर गर्दै पार्टीका अन्य साथीहरुलाई पनि अवसर दिनु पर्छ भन्दै आफूले उम्मेद्वारी दावा नगरेको हो ।

अघिल्लो निर्वाचनमा पराजय भोग्नु भयो त्यसै कारणले त उम्मेद्वारी दावा नगर्नु भएको हैन ?
यो सरासर गलत हो । उक्त समयको निर्वाचनको माहोल र अहिलेको एकै छैन् । एक समय माओवादी पनि हालका नेकपा आए जसरी नै आएका थिए । यो केवल समयको खेल हो हामी हार्नुको पछाडी ब्यक्ति भन्दा पनि त्यो समयको माहोल हो, अहिले पनि मैले नै उम्मेद्वारी दावा गरेर निर्वाचनमा होमिने हो भने विजयी हुन्छु यो पप्का छ किनकी हिजोको माहोल आज छैन आज जनताले कसले कति झुटको खेती गरेका रहेछन् भन्ने बुझी सकेका छन् । हामी विधी र विधान पद्दतीमा प्रतिवद्द छौं । म नै पार्टी हो मेरो बाहेक अरुको मौका नै आउनु हुन्न् भन्ने मान्यतामा म छैन । मैले त अरु साथीले पनि मौका पाउनु पर्छ र सबै साथीहरु सक्षम छन् जो भएपनि पार्टीको निती मूल्य मान्यता र आर्दश अनुसार नै देशलाई समृद्दिको यात्रामा लैजान कठिवद्द हुनु पर्छ भनी यो उपनिर्वाचनमा आफूले पाउने टिकट पनि साथीहरुलाई अवसरको लागि उम्मेद्वारी मनोनयन नगरेको हो ।

जनताले अहिले काँग्रेसलाई नै किन भोट हाल्ने त ?
नेपाली काँग्रेसले नै यो देशको अफ्ठ्यारो परिस्थितीलाई निकास दिदै आएको कुरा सर्वविधितै छ । उदाहरणका रुपमा हामी माओवादीलाई हतियार विसायर शान्ति प्रक्रियामा ल्याउन सफल भएको, तीन तीन जना कम्युनिष्ट प्रधानमन्त्री हुँदा पनि देशलाई निकास दिने संविधान जारी गराउन असफल हुँदा काँग्रेसको नेतृत्वमा संविधान दिन सफल हुनु , कुनै पनि परिस्थितिमा कम्युनिष्टले नै स्थानीय निकाय र प्रदेश संघको निर्वाचन गराउन नसकेको अवस्थामा काँग्रेस नै सत्तामा बसेर सबै तहको निर्वाचन सम्पन्न गर्दै पार्टी हार्दा पनि देश र जनतालाई जिताउन संविधान नमान्ने कानून नमान्नेहरुलाई समेत एक स्थानमा उभ्याएर देशलाई निकासको वातावरण बनाउने काँग्रेस भएकाले पनि जनताले हामीलाई नै मतदान गर्छन भन्नेमा म विश्वस्त छु । हाल दुई तीहाईको सरकार हुँदा पनि निर्वाचनको समयमा देश भत्तिका कुरा जनतालाई दिने भनेका सेवा सुविधाका कुरा लाई विर्सेर महंगी, भ्रष्टाचार , संविधान खिलाप कार्य गर्ने, विलासिताका जिवन विताउने, स्टमित्र नातागोतालाई नै प्राथमिकतामा राख्दै देशको ढुकुटी रित्ताउन लागेको, जनभावना अनुसार कार्य नगर्दै जनतालाई दुःख दिने, जनताको जिवन स्तर उकासमा भन्दा पनि विभिन्न करको दायरा बढाउँदै जनताको ढाड सेक्ने कार्य गर्ने । यो सरकार आई सके पछि ३८सय किलो सुन काण्ड, एनसेलको खबौं कर मिनाह गर्दै जनता सँग कर असुल्ने र विकासका नाममा बैदेशिक ऋण थोपर्दै देशलाई टाट पल्टाउन लागि परेका छन् यसैले पनि अहिले जनता हार्दै आएका छन् यसको विकल्प भनेको नेपाली काँग्रेस हो ।

जनता हार्दै छन् भन्नुभयो कसरी जनता हार्दै छन् त ?
वर्तमान शक्तिशाली सरकार गठन भएकै दिनदेखि जनता हार्दै आएका छन् कसरी भन्दा निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने लुकाउनु, मेडिकल शिक्षा विधेयक केवल मोनमोहन मेमोरियलकालागि निरंकुश शैलिमा ल्याउनु, ३३ किलो सुन काण्ड, संबैधानिक अंगहरुलाई विवादमा राख्नु, मिडिया काउन्सिल , सूचना प्रविधि सम्वन्धी ,गुठी विधेयक ल्याएर नेपाली सभ्यता नै सक्ने प्रपञ्च गर्नु, लोक सेवा, मानव अधिकार आयोग, सर्वोच्च अदालत, नेपाली सेना, अख्तियार सबैलाई नियन्त्रणमा राखी लोकतन्त्रलाई धरापमा पार्दै निरंकुस कम्युनिष्ट शासन गर्न यो सरकार लागि परेकाले नै जनता हार्दै छन् भन्ने प्रमाणित भएको छ ।

काँग्रेस आसन्न उपनिर्वाचनमा भक्तपुरमा जित्ने आधार के छन् त ?
हामी हार्दा भक्तपुरका कुरा प्रदेश सम्म पुग्न सकेन । जसले गर्दा नेपाली काँग्रेस मात्र नभएर सिगैं भक्तपुरका जनता हारेका छन् । यो महसुस जनताले पनि गरेका छन् । स्थानीय निकाय देखि संघ सम्म कम्युनिष्टको सरकार छ र उनीहरु नै विजयी भएका छन् तर जनताको लागि काम गर्छु भन्दै हिजो निर्वाचनमा झुटा आश्वासन दिदै विजयी भएका थिए तर जन भावना विपरित काम गर्दै धन आर्जन गर्न जनप्रतिनिधि लागि परेका छन् जुन आजको दिनमा जनताले महसुस गरेका छन् । त्यसका लागि पनि अवको समयमा नेपाली काँग्रेसले जित्नुको विकल्प छैन ।

अघिल्लो निर्वाचनमा काँग्रेस हार्नुका कारण केवल काँग्रस नै हो भन्छन् नी के यो फेरी दोहोरिन्न र ?
यस्तो कदापी हैन् । नेपाली काँग्रेस भित्र यस्तौ कुनै पनि अन्तरद्दोन्द छैन् । हिजो पनि थिएन आज पनि छैन भोली पनि हुन्न् । हिजोका दिनमा के भए के भएनन् भन्ने प्रधान कुरा हैन । आज हामी सवै एक छौं । आज हाम्रो पार्टीबाट दश जनाले उम्मेद्वारीको आकांक्षा राख्नु भएको छ । जसले टिकट पाएपनि हामी उनलाई विजयी गराउन सबै एक जुट भएका छौं । उम्मेद्वारी दावी गर्ने ९ जना जसले टिकट पाउँदैनन् उनीहरु पनि निर्वाचनमा आफू भन्दा पनि पार्टी जिताउन लागि पर्ने छन्, यसमा म विश्वस्त छु ।

अन्तमा के भन्न चाहनु हुन्छ ?
अन्तमा शुभ दिपावली, म्ह पूजा, छट पर्वको शुभकामना ।
सबै उम्मेद्वारी दावा गर्ने साथीहरुलाई शुभकामना दिन चाहन्छु । म भन्दा पनि पार्टी भन्ने भावनाका साथ पार्टीलाई विजयी गराउन आज बाट लाग्न सबैमा अपिल गर्न चाहन्छु ।

Loading...