Home मनोरन्जन सुदिनको “ङला लिला गुङरी च्यागो”म्युजिक भिडियो बजारमा (भिडियो सहित)

सुदिनको “ङला लिला गुङरी च्यागो”म्युजिक भिडियो बजारमा (भिडियो सहित)

0
267

भक्तपुर । पत्ररकार एवं गीतकार सुदिन लामाको गीत बजारमा आएको छ ।
छोर्वाला काई रेडियो गेताङको पहिलो संगीतिक प्रस्तुति गायक विहिन दोङको स्वरमा गीतकार सुदिनको ” ङला लिला गुङरी च्यागो” को म्युजिक भिडियो बजारमा आएको हो । भक्तपुरको सूर्यविनायकमा भब्य कार्यक्रमका साथ उक्त मिउजिक भिडियो सार्वजनिक भएको हो ।

प्रदेश नम्वर तीनकी उपसभामुख राधिका तामाङ , तामाङ चलचित्र संघका अध्यक्ष बिकु थोकर र नेपाल तामाङ घेदुङ संघका महासचिव प्रविन तामाङ ग्रामीण जनसेवा क्लबका अध्यक्ष बिकुलाल लामा, तामाङ कलाकार संघका अध्यक्ष संजिब वाईबा, चर्चित संगीतकार बिशाल कल्तान, कुशल रचनाकार कुमार स्य्ह्याङ्बा लगाएतका अतिथिहरुले एकै साथ उक्त भिडियो सार्वजनिक गर्नुभएको थियो ।

भिडियो सार्वजनिक गर्दै उपसभामुख तामाङले सुदिन जस्ता बहु प्रतिभाशाली युवाको आज आवश्यकता भएको बताउनुभयो । उहाँले गीतकार सुदिनको प्रशंसा गर्दै सुदिन केवल पत्रकारितामा मात्र सिमित नभएर प्रगतिशिल, माया प्रेमका गीत लेख्न साथै समाजमा भएको दिन दुःखीको सहयोगमा पनि जुट्नु हुन्छ उहाँले लेखेको गीतको भिडियो सार्वजनिक गर्न पाउँदा आफूलाई निकै नै खुसी लागेको उहाँले बताउनुभयो ।

सुदिन लामा दोङको शब्द तथा जितु लोप्चन र विहिन दोङको स्वरले सजिएको उक्त गीतमा मोडल हेमन्त मोक्तान र निरान्जली लामाको अभिनय रहेको छ।उक्त म्युजिक भिडियो थोकर फिल्मस् प्रा.लि र मान सिं तामाङ (आकाश) को प्रायोजकमा निर्माण भएको हो।
” ङला लिला गुङरी च्यागो” म्युजिक भिडियो “हाइलाइटस् नेपाल” युटुब च्यानल मार्फत सार्बजनिक भएको हो । उक्त म्युजिक भिडियोमा तनहुँ तथा कास्की जिल्लाका विभिन्न मनोरम स्थलमा छायांकन गरिएको छ ।

हेर्नुस् भिडियो : 

Loading...
SHARE
Previous articleएन्फालाई ३५ हजार अमेरिकी डलर जरिवाना
Next articleअन्तरघात सहन्न : देउवा