चलचित्र’सुर्य किरण’को ट्रेलर र गीत सार्वजानिक

0
74

नेपाली चलचित्र ‘सुर्य किरण’को ट्रेलर र गीत बजारमा आएको छ ।

तामाङ समुदायमा महानायकको रुपमा परिचित अमीर दोङ्को अभिनय रहेको पहिलो नेपाली चलचित्र सूर्य किरणको ट्रेलर र गीत एक कार्यक्रम विच राजधानीमा सार्वजनिक भएको हो ।
चलचित्र आगामी मंसिर २० गते सार्वजनिक हुने निर्देशक अमिर दोङले
जानकारी दिनुभयो ।
चलचित्रको मुख्य भूमिकामा नायिका मेलिना चेपाङ र नायक सविन श्रेष्ठ रहेका छन । उक्त चलचित्रमा समाबेश गरेको ‘मैच्याङलाई ‘बोलको गीतमा भने निर्देशक स्वयं अमिर दोङ र केकी अधिकारिको मुख्य अभिनय रहेको छ ।
अति सिमान्तकृत एवम् अल्पसंख्यक चेपाङ समुदायबाट पहिलो पटक नेपाली चलचित्र निर्माण भएको हो ।
यस अघि चेपाङ जातिको सांस्कृतिक गीतको म्युजिक भिडियोहरू निर्माण भएका थिए ।

https://sambahak.com/wp-content/uploads/2019/05/gyalmu-jee-ko-badai.png
Loading...