जुरेमा नायक अमिर दोङ सहित ७ जनालाई सम्मान गरिने

0
90

काभ्रे । तामाङ समुदायमा महानायकको रुपमा परिचित अमीर लगाएत सात जनालाई सम्मान गरिने भएको छ ।

काभ्रेको डाँडापारी खानिखोला गाउँपालिका वडा नम्बर ३ जुरेमा हुन् लागेको कार्यक्रममा उहाँ लगाएत सात जनालाई सम्मान गरिने भएको आयोजकले जनाएको छ ।
जुरे एकादशी मेलाको अवसरमा हुन लागेको ‘जुरे ब्रुहत साँस्कृतिक कार्यक्रम तथा सम्मान कार्यक्रम २०७६ ” मा अमिर दोङ सहित गायक एंव सङ्गितकार राजकुमार दोङ तामाङ,गायिका अग्निशा लामा,गायिका युनिशा वाइबा,गायिका शर्मिला जिम्बा,मोडल प्रदिप वाइबा र कलाकार अबिना गोलेलाई सम्मान गरिने आयोजक टिमले जनाएको छ ।

जुरे एकता युवा समाजले आयोजना गरेको उक्त कार्यक्रमको संयोजक भने गायक आशिष सिंतानले गरेका छन । कार्यक्रम यही आउदो कार्तिक २२ गते खानिखोला गाउँपालिका जुरे मा दिउँसो ३ बजेदेखी भब्यरुपमा हुने सिंतानले जानकारी दिनुभयो ।
कार्यक्रममा हजारौंको उपस्थिती हुने बताउँदै उहाँले कार्यक्रममा विभिन्न कलाकारहरुले आफ्नो प्रस्तुती पनि राख्नुहुनेछ ।

https://sambahak.com/wp-content/uploads/2019/05/gyalmu-jee-ko-badai.png
Loading...