वास्तुशास्त्र र हाम्रो जीवन विच कस्तो सम्बन्ध हुन्छ

0
131

ज्योतिष पं. चिरञ्जिवि कोइराला
यो संसारमा जन्म लिने सम्पूर्ण प्राणीहरु अन्त्यन्त सुखी र खुसी हुन चाहन्छ । त्यस मध्यमा पनि हामी विवेशशिल प्राणीमा अझ सुखी र सुखी बढीनै हुन् चाहन्छौं । त्यही सुख र खुसीको प्रयासमा हाम्रो जीवन सकिन्छ तर कतिले केही सुखलाई पाउनुहुन्छ भने कतिले पाउँदैनन् । मानिसको त्यही सुन्दर सपनाको संसारमा एउटा घर  पनि पर्दछ र त्यो घरले कसैलाई सुख र खुसी दिन्छ कसैलाई दिदैन । हामीले त्यही सुख दुःखको विचमा जीवन सुन्दर र खुसी बनाउनको लागि हाम्रा ऋषी मुनिहरुले वास्तुशास्त्रको रचना गर्नुभएकोछ । त्यही शास्त्रलाई आधार मानेर हामीले आफ्नो घर निर्माण गर्नसके हामी पनि खसी र सुखलाई अनुभव गर्न सक्छौं ।
प्राचिन समयमा विभिन्न भवन हरुको निर्माण गर्दा वास्तुशास्त्रको प्रयोग भएको पाइन्छ प्राचिन समयमा भन्नाले आज भन्दा लगभग २०० बर्ष अधि सम्म निर्माण भएका पुराना विभिन्न मठ मन्दिर धर्मशाला दरवार जति पनि हामीले देख्नसक्ने जतिपनि सम्पदा छन् ती सम्दाको निर्माण वास्तुशास्त्र अनुसार गरिएको पाइन्छ तर हाल निर्माण भएका भवनहरुमा वास्तुशास्त्रको प्रयोग नहुनुले त्यो भवन जुन सोच र विचारले वनाइएकोछ त्यो अनुसारको फाइदा नहुनुले त्यो भवनमा वास्तुशास्त्रको नकारात्मक असर परेको हामी पाउन सक्छौं तर अहिलेकोे वर्तमान समयमा निर्माण हुने भवनहरुमा वास्तुशास्त्रको उपयोगिता आवश्यकता र यसको फाइदाको जानकारी लिएर वास्तुशास्त्र अनुसार निर्माण भइरहेको छ ।
वास्तु शव्द वस्तु शव्दबाट बनेको छ त्यसैले कुनै पनि योजना एवं निर्माण हुने वस्तु वास्तुशास्त्र अन्तर्गत पर्दछ तर ऋग्वेदमा वास्तुको अर्थ भवन निर्माणको वारेमा चर्चा गरिएकोछ । वास्तुशास्त्रको उत्पत्ती वास्तुपुरुष बाट भएको मान्छि भने वास्तुपुरुषको उत्पत्तीलाई शास्त्रहरुमा व्रम्हमाजीको सृष्टिको रचना गर्दा एउटा विशाल पुरुषको सृष्टि भयो जुन पुरुषलाई देखेर सम्पूर्ण इन्द्रादी देवीदेवताहरु आश्चर्य र भयभित भए त्यहि अवस्थामा सम्पूर्ण देवीदेवता मिलेर त्यो विशाल पुरुषलाई पृथ्वीमा दहन गरिदिए त्यो विशाल पुरुषले पुन व्रह्माजीको स्तुती गर्न थाल्यो र व्रह्माजी प्रसन्न भई उसलाइ तिम्रो नाम वास्तुपुरुष र तिम्रो भुमिमा बास हुनेछ भनी बरदान दिनुभयो उनलाई विभिन्न देवी देवताले छल पूर्वक दहन गर्दा वास्तु पुरुषको शिर इशान कोणमा र पाउ नैक्रत्य कोणमा भएकाले आज पनि वास्तुशास्त्रमा त्यही आधार मानेर विभिन्न किसिमका निर्माण गर्ने गरिएको पाइन्छ ।
वास्तुशास्त्रको प्रमाणित ग्रन्थको खोजि गर्दा ऋग्वेद विश्वकर्मा प्रकाशका साथै एघारौं सताव्दीमा महाराज भोजदेयले लेख्नु भएको समरागण सुत्राधार नामक पुस्तक प्रमुखमानिन्छ  भने त्यसमा वताईएको विभिन्न निर्माण सम्बन्धी नियमलाई वास्तुशास्त्रको मुख्य र कल्याणकारी नियम मनिएकोछ । मानव जीवन पञ्चतत्व (पृथ्वी, जल, तेज, वाय , आकाश)ले बनेकोछ र यही पञ्चतत्व शन्तुलित भएमा हाम्रो जीवनमा सुख शान्ति र प्रसन्न भएर विताउन सकिन्छ । पृथ्वी जसरी घुम्छ त्यसै गरि ग्रह पनि घुमिरहन्छ पृथ्वीको गुरुत्वाकर्षण शक्ति आकाशिय ग्रहको शक्ति चुम्वकिय शक्ति तथा विधुतिय चुम्वकिय शक्तिको प्रभावनै वास्तुशास्त्रको मुल सिद्दान्त हो र यही शक्ति कुनै पनि निर्माण भएको घरमा रहन्छ र त्यो मिलेकोछ भने यसले हाम्रो जिवनमा शुभफल दिने गर्दछ । हामीले हाम्रो जीवन सुखी र खुसी बनाउनको लागि जुन हाम्रो जीवनमा नभई नहुने र सधै प्रयोग गरिरहेने कुराहरु जस्तै हाम्रो घरमा पानी, आगो , ताप, हावा , भान्छा कोठा, पूजास्थल, शैनकक्ष, शौचालय, स्नान गृह आदिन निर्माण गर्दा साधारण वास्तु नियमलाई मात्र मिलाएर प्रयोग गर्नसके त्यो घर र घरमा बस्ने परिवारका सदस्यहरु सधै सुखी र खुसी रहन सक्छन् । [email protected]

https://sambahak.com/wp-content/uploads/2019/05/gyalmu-jee-ko-badai.png
Loading...