भक्तपुरका किसानलाई निःशुल्क आलुको विषदी

0
131

भक्तपुर । भक्तपुरका पाहाडी भेगमा लगाएका आलुमा डडुवाले दुःख दिन थालेपछि किसान चिन्तीत भएका छन् । चाँगुनारायण नगरपालिकाका वडा नम्वर ७,८र ९का मकैं बाली भित्र लगाएका आलुमा डडुवाले दुःख दिन थालेपछि किसान चिन्तित भएका हुन् ।
ठुलो संख्यामा बेमौसमी आलु खेती हुँदै आएको बागिश्वरी सुडाल र ताथलीको केहि भागमा हाल मकै बारी भरी आलु रहेको छ ।
बेमौसमी आलुमा डडुवाले सताउन थालेपछि प्रधानम्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत संञ्चालित आलु जोनले किसानलाई अनुदानमा डडुवाको विषदी उपलब्ध गराएको जोनले जनाएको छ ।
जोनका सूचना अधिकृत नारायण न्यौपानेका अनुसार करिव ११० हेक्टरमा लगाएको बेमौषमी आलुमा डडुवाको समस्या देखिएपछि जोनले किसानलाई राहत स्वरुप विषदी उपलब्ध गराएको जानकारी दिए ।
न्यौपानेका अनुसार बारीमा लगाउने आलुको धेरै जेनेरेशन एकै स्थानमा फलाउँदै आएका कारण आलुमा डडुवाको समस्या ठुलो मात्रामा देखा परेको उनले जानकारी दिए ।
हाल सम्म ३०० जना भन्दा बढि किसानले १५०० रोपनी भन्दा बढि आलुका लागि जोनमा सम्पर्क गरि विषदी लगी सकेको सूचना अधिकृत न्यौपानेले जानकारी दिए । न्यौपानका अनुसार आफूहरुले जोन मार्फत चाँगुनारायण नगरपालिका भित्र लगाईन आलुको विकास एवं विउको सुधार एवं बढि भन्दा बढि उत्पादनका लागि के गर्न सकिन्छ भनी काम गर्दै आएको जानकारी दिए ।
उनका अनुसार हाल जोन क्षेत्रको पनि विस्तार भएको छ । पहिलो आलु जोन अन्तर्गत सुडाल र ताथली अर्थात चाँगुनारायण नगरपालिकाका वडा नम्वर ८ र ९ मात्र रहेकामा हाल पुरै नगरपालिका नै जोनमा समाहित भएको बताउँदै आव बर्ष दिन भरमा जोन क्षेत्रमा आलुको खेती हुने क्षेत्रफल एक हजार हेक्टर भन्दा बढि भएको जानकारी दिए ।
आलु जोनले प्रविधिकरणलाई जोड दिदै कम लागतमा आलु कसरी फलाउन सकिन्छ भन्दै प्राविधिक सल्लाह पनि दिदै आएको उनले जानकारी दिए ।
जस अन्तर्गत हाल सुडार बागिश्वरी र ताथलीमा मकैं बाली भित्र लगाइएको आलुको आगामी दिनमा कसरी कम विषादी प्रयोगमा बढि उत्पादन गर्न सकिन्छ भन्ने विषयमा अध्ययन समेत भई रहेको उनले जनाए ।
उक्त क्षेत्रमा मकैं बालीमा मकैं भाँच्नु भन्दा पहिला नै आलु लगाई बेमौषमी आलु खेती हुँदै आएको छ ।

Loading...