समयमा काम नगर्ने पशु हुन्,त्यसमा अधिकारी एक हुन् नगरकोट बासी

0
279

भक्तपुर । समयमा काम नगर्ने पशु सरह भएको भन्दै नगरकोट बासीले सारदा अधिकारीको फोटो सँगै बाँधर कुकुरको फोटा राखी विरोध गरेका छन् । शैलुङ कन्ट्रक्सनले लामो समय देखि नगरकोटको बाटा अलपत्र पार्दा स्थानीय लाई ठुलो मर्का परेको भन्दै उनीहरुले ठेकेदार सारदा अधिकारीको फोटो सहितको ब्यानरहरु टाँस्दै विरोध गरेका छन् ।


सार्वजनिक बस लगाएत नगरकोट भएर गुड्ने हरेक सवारी साधनमा बाटो अलपत्र पार्ने ठेकेदार सारदा अधिकारीको फोटो सँगै बाँदर, कुकुर लगाएतका जनावरको फोटा टाँस गर्दै विरोध थालनी गरेका छन् ।
नगरकोटको बाटो पिच गर्न पटक पटक ताकेता गर्दा पनि नेकपाका अध्यक्ष प्रचण्डका घरबेटी समेत रहेका सारदा अधिकारीले अटेर गरेको भन्दै स्थानीय एवं पर्यटन ब्यवसायीले विरोधको नयाँ तरिका अपनाएको स्थानीय बताउँछन् । उनीहरुका अनुसार हामीले पाएको दुःखलाई कसैले सुनुवाई गरेन । हामी दैनिक खाल्डा परेका एवं धुवाँको मुस्लो सहित हिड्न बाध्य छौं जसका कारण नगरकोट बदनाम नै भई सकेको छ ।

पर्यटक समेत नगरकोट भने पछि नाक खुम्चाउन थाली सके । हामीले छिटो काम होस् भनी विरोध गर्नुको विकल्प नै नभएका कारण नयाँ शैलीमा विरोध गर्न थालेका हुन् ।
हामीले पटक पटक ठेकेदार भेट्न कोसिस गर्यौ उनलाई समयमा काम सम्पन्न गर्न विभिन्न निकायबाट ताकेता गर्यौ तर उनीले भने स्थानीयको मर्मलाई नै बुझेनन् । कसैको मर्म नबुझने भनेको पशु सरह नै हो भनी मंगलवार देखि सवारी साधन एवं सार्वजनिक स्थलमा उनको फोटो र पशुको फोटो सँगै टाँसी विरोध थालेको छौं स्थानीय बताउँछन् ।
पहिलो दिन स्थानीयले एक सय गाडीमा र विभिन्न चोकमा विरोध स्वरुप ठेकेदारको फोटो र पशुको फोटो टाँस गरेका छन् ।
कसैलाई असर नगर्ने गरि नगरकोट बासीले नयाँ शैलीमा विरोध विरोध थालेका छन् ।
स्थानीयले बाटो बन्द गर्ने एवं सवारी बन्द गर्दा पर्यटक एवं अन्यलाई असर पर्ने भएकाले आफूहरुले नयाँ शैलीमा विरोध गरेको नगरकोटका स्थानीय बताउँछन् ।
आफूहरुले विरोध गरीरहँदा पनि बाटो समयमा नबनेका खण्डमा आफूहरु कडा आन्दोलनमा उत्रने र सारदा अधिकारीलाई सार्वजनिक रुपमा नै बहिस्कार गर्ने उनीहरुले बताए ।

https://sambahak.com/wp-content/uploads/2019/05/gyalmu-jee-ko-badai.png
Loading...