क्रान्ति लामाको अध्यक्षतामा भुम्लुमा सामुदायिक विद्यालय ब्यवस्थापन समिति महासंघ

0
225

काभ्रे । सामुदायिक विद्यालय ब्यवस्थापन समिति महासंघ नेपालको भुम्लु गाउँपालिका स्तरिय कमिटि गठन भएको छ ।
क्रान्ति लामाको अध्यक्षतामा ११ सदस्य गाउँपालिका स्तरिय कमिटि निर्माण भएको हो ।
सामुदायिक विद्यालय ब्यवस्थापन समिति महासंघ नेपालका प्रदेश नम्वर ३ का सचिब संगम लामाको उपस्थितिमा उक्त कमिटि निर्माण भएको हो ।
गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयका ब्यवस्थापन समिति सदस्यहरुको भेलाबाट उक्त समिति निर्माण भएको हो ।
भेलामा महासंघ प्रदेश नम्वर ३ का सचिब संगम लामाले सामुदायिक विद्यालय सुधार नभएसम्म नेपाले सरकारले लिएको अवधारणा सफल नहुने बताउनुभएको थियो । उहाँले सामुदायिक विद्यालय सुधारका लागि महासंघले विभिन्न कार्यक्रम समेत गर्दै आएको जानकारी दिनुभएको थियो । उहाँले सामुदायिक विद्यालय सुधारका लागि सबै एक जुट हुनुको विकल्प नभएको बताउनुभएको थियो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कल्पना कुमारी श्रेष्ठले सामुदायिक विद्यालय सुधारका लागि शिक्ष शाखाको समन्वयमा कार्ययोजना बनाई सुधारका योजना समाबेश गरि वृहत विद्यालय सुरक्षा योजनालाई सफल बनाउनु पालिकाको दाहित्व भएको बताउनुभएको थियो ।
त्यसैगरी शिक्षा शाखाका प्रमुख नारायणराज उप्रेतीले गाउँपालिका भित्र रहेका विद्यालयको सुधार नभए सम्म सरकारले लिएको समृद्द नेपाल सुखी नेपालीको अवधारण पुरा नहुने भएकोले सामुदायिक विद्यालय सुधारका लागि विभिन्न रचनात्मक कार्यगरी सबै लाग्नु पर्ने बताउनुभयो ।
गाउँपालिकाका प्रवक्ता कृष्ण कार्कीले सामुदायिक विद्यालयका सुधारका लागि गाउँपालिकाले सहकार्यगर्दै कार्यक्रमहरु संचालन गर्ने बताउनुभयो ।
गाउँपालिका स्तरिय भेलाबाट अध्यक्ष क्रान्ति लामा चयन हुनुभएको थियो भने उपाध्यक्षमा सोभा राई, सचिबमा रमेश प्रसाद खरेल, कोषाध्यक्षमा केदार भण्डारी सदस्यहरुमा पूर्ण वहादुर तामाङ, दिल वहादुर पहरी, राम कुमार लामा , र्निलराज शर्मा , कुमार सिंहलामा , चन्द्रवहादुर लामा र विष्णु वहादुर लामा रहनु भएको छ ।

https://sambahak.com/wp-content/uploads/2019/05/gyalmu-jee-ko-badai.png
Loading...