नागार्जुन नगरपालिका स्वास्थ्य सेवाकाअधिकृत ज्ञवालीको बिदाइ

0
145

काठमाडौं । नागार्जुन नगरपालिकाकाले अधिकृतस्त्तर छैठौंका सि. अ. हे. व कल्पना ज्ञवालीलाई बुधवार बिदाइ गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत नागार्जुन नगरपालिका वडा नंं.३ स्थित इचङ्गुनारायण स्वास्थ्य चौकीमा २५ वर्ष सेवा गर्नुभएका ज्ञवालीलाई नगरपालिकाले सम्मान गदै बिदाइ गरेको हो ।
उहाँले २०५२ साल साउन १४ गते देखि २०७६ कात्तिक २७ गतेसम्म अनवरतरुपमा स्वास्थ्य सेवा प्रवाह गरिरहनु भएको थियो । नगरपालिकाले बुधवार २५ वर्षसम्म गर्नुभएको उहाँको सेवाको उच्च कदर गर्दै सम्मान सहित ज्ञवालीलाई बिदाइ गरेको हो ।


बिदाइ कार्यक्रमममा उहाँलाई नगरपालिका प्रमुख मोहनबादुर बस्नेतले सम्मान पत्र प्रदान गरी बिदाइ गर्नुभयो । त्यस्तै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले खादा र माला लगाइ बिदाइ गर्नुभएको थियो । कर्मचारी समायोजनका क्रममा ज्ञवाली संघमा समायोजन हुनु भएको उहाँ अब संघ अन्तर्गत केन्द्रीय कारागार विभागमा रहेर सेवा गर्नु हुने जनाइएको छ ।
कार्यक्रममा नगर प्रमुख बस्नेतले ज्ञवालीले २५ वर्षसम्म गर्नुभएको सेवाको उच्च कदर गर्दै आगामी दिनमा पनि सेवाग्राहीको मन जितेर सेवा गर्नु आग्रह गर्नुभयो ।
उहाँले यहाँबाट गएपछि अर्को कार्यालयको पनि नयाँ अनुभव हुने भन्दै उहाँको ज्ञान, शिप अनुभवको उचित सदुपयोग हुने समेत विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले उहाँले साविक स्थानीय निकायमा जनप्रतिनिको अभावमा पनि प्रभावकारी सेवा प्रवाह गरेको भन्दै यो बिदाइ नभइ फेरी भेटौला कार्यक्रम भएको बताउनुभयो ।
सो अवसरमा वडा नं. ३ का वडाध्यक्ष प्रेमलाल श्रेष्ठले उहाँले गर्नुभएको सेवाको उच्च कदर गर्नुभयो । कार्यक्रममा नगरपालिकाका विभिन्न कर्मचारीले उहाँलाई फूलमाला र पुष्प गुच्छा अपर्ण गरी बिदाइ गर्नुभएको थियो ।

https://sambahak.com/wp-content/uploads/2019/05/gyalmu-jee-ko-badai.png
Loading...