भक्तपुरमा सातौं अन्तर विद्यालय तेक्वान्दो शनिवार

0
331

भक्तपुर । ताइक्वान्दो आई टी एफ नेपालको संयोजन तथा क्वालीटी इंगलीस सेकेण्डरी स्कुल नगरकोट फेदी भक्तपुरको आयोजनामा सातौं अन्तर विद्यालय तेक्वान्दो प्रतियोगिता हुने भएको छ ।
तौल समूहमा खेलाईने उक्त प्रतियोगितामा भक्तपुर, काभ्रे,ललितपुर र काठमाडौंका विभिन्न विद्यालयहरुको सहभागिता रहने प्रतियोगिता संयोजक लक्ष्मण बस्नेतले जानकारी दिनुभयो ।
उहाँका अनुसार खेलमा १५ विद्यालयका ४२ छात्रा र १५० छात्रले ब्यक्तिगत प्याट्रन तर्फ १० स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने छन् भने स्प्यारीङ तर्फ २२ स्वर्ण साथै कुल स्वयम ३२ पदकका लागि प्रतिस्पर्धा हुने उहाँले जानकारी दिनुभयो ।
बस्नेतका अनुसार प्रतियोगितामा छात्र तथा छात्रालाई १२ बर्ष उमेर समूह र १३ देखि १७ बर्ष उमेर समूहमा २० केजी मुनी साथै २० देखि २५, २५ देखि ३० , ३० देखि ३५, ३५ देखि ४० ,४० देखि ४५, ४५ देखि ५०, ५० देखि ५५, ५५ देखि ६० र ६० प्लस तौल समूहमा प्रतिस्पर्धा हुने छ ।
खेलमा विजयी खेलाडीहरुलाई पदक तथा प्रमाणपत्रले सम्मानित गरिने छ भने वेस्ट प्लेयर छात्र र छात्रा, टिम पहिलो, दोस्रो र तेस्रो हुने विद्यालयलाई ट्रफीले सम्मानित गरिने उहाँले जानकारी दिनुभयो ।

https://sambahak.com/wp-content/uploads/2019/05/gyalmu-jee-ko-badai.png
Loading...