विकास चाहने मतदाताले नेकपालाई नै चुन्नुहुनेछ : माधव नेपाल

0
171

नेकपाका उम्मेदवार डिपी ढकाललाई भोट माग्न नेकपा नेता नेपाल मतदाताका घरदैलोमा

भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ प्रदेश १ (क) को प्रदेश सभा सदस्यका लागि यहि मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता माधव कुमार नेपाल उम्मेदवार देवीप्रसाद ढकाल ( डिपी) लाई जिताउन मतदाताको घरघर पुग्नुभएको छ । नेकपाले आजबाट शुरु गरेको घरदैलो कार्यक्रममा नेकपाका प्रभावशाली नेता नेपाल आफै मतदातामाझ पुग्नुभएको हो । पूर्वप्रधानमन्त्री समेत रहनुभएका नेता नेपालले जनताको घरदैलोमा पुगी जनता सामु देशलाई समृद्ध बनाउन नेकपाका उम्मेदवारले खेल्ने भूमिका महत्वपूर्ण हुने र विकासका प्रतिवद्धता समेत मतदातामाझ गर्नुभएको छ ।
उहाँले शिक्षा, स्वास्थ्य, रोजगारको साथमा समृद्ध भक्तपुर र सुखी भक्तपुरका जनता बनाउन नेकपाको अर्को विकल्प नभएको जनताका माझ उल्लेख गर्नुभएको छ । स्व. हरिशरण लामिछानेको सपनालाई साकार पार्दै जनताको सारथी बन्ने प्रकारको उम्मेदवारको रुपमा नेकपाले डिपी ढकाललाई ल्याएको उल्लेख गर्दै उहाँले ढकाल भक्तपुरको विकासको मुल ढोका हुने बताउनुभयो ।
नेता नेपालले उम्मेदवार ढकालमा तीनै तहको सरकारसँग समन्वयनात्मक भूमिका निर्वाह गर्न सक्ने क्षमता भएका कारण भक्तपुरको मुहारमा व्यापक मात्रामा परिवर्तन हुने र त्यसका लागि केन्द्र सरकार र आफ्नो व्यक्तिगत तर्फबाट सहयोग गर्ने बताउनुभयो ।
घरदैलो कार्यक्रममा प्रतिनिधिसभा सांसद महेश बस्नेतले उम्मेदवार ढकाल भक्तपुरले रोजेको जनताले खोजेको व्यक्ति भएको उल्लेख गर्दै भक्तपुरको विकास र समृद्धि तथा जनताको चाहना, आवश्यकतालाई पुरा गर्न ढकाल र आफु सदैब सँगै सहयात्री भई भक्तपुरको मुहार फेर्न लाग्ने प्रतिवद्धता दोहो¥याउनुभयो ।
घरदैलो कार्यक्रममा स्थानीयवासीले शिक्षा, स्वास्थ्य, रोजगारका साथै भक्तपुरको विकासमा भूमिका खेल्ने नेता चुन्ने बताएका थिए ।
घरदैलो कार्यक्रममा उम्मेदवार डिपी ढकालसँगै नेता, नेपाल, सांसद बस्नेत, प्रदेश सांसद शशी जंग थापा, नेकपाका इन्चार्ज दिलिप प्रजापति, सहइन्चार्ज तथा चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रलगायतका नेकपाका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

https://sambahak.com/wp-content/uploads/2019/05/gyalmu-jee-ko-badai.png
Loading...