चाँगुनारायणका खेलाडीलाई अन्तराष्ट्रिय खेलका लागि विदाई

0
483

भक्तपुर । प्रदेश नम्वर १ को मोरङको बेलवारीमा जारी अन्तराष्ट्रिय कराते प्रतियोगितामा भाग लिन जाँदै गरेका चाँगुनारायणका खेलाडीलाई विदाई गरिएको छ ।
चाँगुनारायण नगरपालिका वडा नम्वर ८ स्थित आरक्षण डोजोमा चाँगुनारायण नगरपालिका वडा नम्वर ८ का वडा सदस्य नरेन्द्र वहादुर श्रेष्ठले उनीहरुको विदाई गर्नुभएको हो ।
मंसिर ६ गते देखि ८ गते सम्म हुने अन्तराष्ट्रिय खेलमा चाँगुनारायण नगरपालिकाका २१ खेलाडीले भाग लिदैं छन् ।
तौल समूहमा खेलाईने उक्त खेलमा चाँगुनारायण नगरपालिकाबाट प्रतिनिधित्व गर्ने उक्त खेलाडीहरुको सितेरियो कराते संघले विदाई गरेको हो ।
भाग लिन जाने खेलाडीहरुमा २५ केजी देखि ६० केजी तौल सम्मका विद्यार्थी रहेको डोजोका प्रशिक्षक गणेश सुकमनीले जानकारी दिनुभयो ।
विद्यार्थीहरुलाई आरक्षण नेशनल एकेडेमिका ब्यवस्थापक सरोज केसी, सितेरियो करातेका प्रशिक्षक एवं अन्तराष्ट्रिय खेलाडी रामशरण त्वाती लगाएतकाले विदाई गर्नुभएको थियो ।

Loading...