काँग्रेसद्वारा ताथली र सुडालमा विजय र्‍याली

0
629

भक्तपुर । उपनिर्वाचनमा विजयी भएपछि नेपाली काँग्रेसले सोमबार देखि विजय र्‍याली निकालेको छ । सोही क्रममा मंगलबार चाँगुनारायण नगरपालिका वडा नम्वर ९ ताथली र वडा नम्वर ८ सुडालमा काँग्रेसले विजय र्‍याली निकालेको छ ।
भक्तपुर क्षेत्र नं १ को १ मा मंसिर १४ गते भएको उपनिर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका कृष्णलाल भडेलले भारी मतका साथ विजय हाँसिल गर्नुभएको थियो ।


निर्वाचित प्रदेश सभा सदस्य सहित जिल्लाका विभिन्न नेताहरुका साथ निकालिएको विजय र्‍यालीमा निर्वाचित भडेलले जनताहरुलाई धन्यवाद दिनुभएको थियो ।


नेता भडेलले यो जित आफ्नो मात्र नभएको बताउँदै यो समग्र प्रदेश बासीको भएको बताउनुभएको थियो । उहाँले मतदाताहरुलाई धन्यबाद दिदै आफू यस क्षेत्रका हरेक ब्यक्तिको सुख दुःखमा साथ दिने प्रतिवद्दता समेत गर्नुभएको थियो ।


विभिन्न बाजा गाजाका साथ निकालिएको विजय ¥यालीमा प्रदेश सभा सदस्य भडेल, राप्रपा संयुक्तका केन्द्रिय सदस्य एवं लोक प्रिय नेता रविन्द्रप्रताप शाह, राप्रपा संयुक्तका विभिन्न नेताहरु, नेपाली कांग्रसका क्षेत्रिय सभापति जीवन खत्री, नेता राजाराम खड्का, वडा अध्यक्षहरु राजेश खड्का, शिवहरि केसी, ज्ञानबहादुर केसी, काँग्रेस युवा नेता सुरेश श्रेष्ठ, युवा नेता जनक खत्री, राप्रपा संयुक्त एवं नेपाली काँग्रसका वडा नं ८ र ९ का पार्टी कार्यकर्ता तथा शुभचिन्तकहरुको टोलीलाई ठाउँठाउँमा फूलमाला लगादिएर नेता भडेल लगाएतका नेताहरुलाई स्वागत गरेका थिए ।

Loading...
SHARE
Previous articleभक्तपुरमा सिडियो परिर्वतन, महिला सिडियो
Next articleराजनीतिक संकट चुलिँदै गएपछि प्रधानमन्त्रीले पदबाट राजीनामा दिने