भक्तपुरमा सिडियो परिर्वतन, महिला सिडियो

0
1550

भक्तपुर । भक्तपुरमा प्रमुख जिल्ला अधिकारी परिर्वतन भएका छन् । गृह मन्त्रालयले भक्तपुरको प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको हो । पाँच जिल्लामा हाल सम्म सरुवा नभएका सिडियोहरुको हेरफेर गर्दै मन्त्रालयले सिडियो परिवर्तन गरेको हो ।
देश भर उपनिर्वाचनको माहोल समाप्त भएपछि  सिडियोहरु  सरुवा गरेको छ ।
गृह मन्त्रालयले सहसचिव हुमकला पाण्डेलाई भक्तपुरको सिडिओको जिम्मेवारी दिएको बताइएको छ भने भक्तपुरमा रहेका सिडिओ नारायण प्रसाद भट्टलाई मकवानपुरको सिडिओमा सरुवा गरिएको जानकारी प्राप्त भएको छ । हुमकला हेटौडास्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रदेश कार्यालय प्रमुख हुन् ।

पर्साका सिडिओ नारायण भट्टराई चितवन र चितवनका जितेन्द्र बस्नेतलाई पर्सा हेरफेर गरिएको छ । लमजुङका सिडिओ डा. डिजन भट्टराईलाई अध्यागमन विभागमा सरुवा गरिएको र उनको ठाउमा लक्ष्मणबहादुर खड्कालाई लमजुङ पठाइएको गृह श्रोतले जनाएको छ ।

https://sambahak.com/wp-content/uploads/2019/05/gyalmu-jee-ko-badai.png
Loading...