गढीमाइमा अहिले सम्मकै घुईचो ६० लाख भक्तजनले भरे गढीमाई मेला

0
67

वीरगन्ज।

बाराको महागढीमाई नगरपालिका–१ मा रहेको गढीमाईको मेलामा अहिलेसम्मकै सबै भन्दा बढी घुइँचो लागेको छ। नेपाल, भारत र सार्क राष्ट्र, दक्षिण एशियाबाट गरी करीब ६० लाख भन्दा बढी भक्तजनले मेला अवलोकन गर्नुका साथै पूजाअर्चना गरेका मन्दिरका मुख्य पूजारी शिव चौधरीले जानकारी दिनुभयो।

वीरगन्जको बाटो भएर भारतको दिल्ली, बुम्बई, कोलकता, हैदरावाद, पटना, मोतिहारी दरभङ्गा, सितामडी, बेतिया, रक्सौल, नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म र सार्कका बङ्गलादेश, ढाका, पाकिस्तान, बर्माका भक्तजन मंगलबार गढीमाई मेलाका लागि पुगेको गढीमाई मेला ब्यवस्थापन समितिका महासचिव मोतीलाल कुशवाहाले जानकारी दिनुभयो।

यसैबीच सोमबार राति साढै १ः०० बजे तािन्त्रक विधिबाट पूजापाठ गर्न शुरू गरेपछि साढे ३ः०० बजे करीब दुई घण्टामा बत्ति बलेपछि अन्यविधि गरेसकेपछि मंगलवार ७ः१५ बजेदेखि बलि शुरू गरिएको पूजारी चौधरीले जानकारी दिनुभयो।

मंगलबार करीब पाँच हजार भन्दा बढी राँगाको बलि दिइएको बताइएको छ।
यस्तै गढीमाई मन्दिर तर्फ फर्केर बोका बली दिने कति को संख्यामा भए भन्ने कहि कतै एकिन गर्न सकिने अवस्था नभएको स्थानीय बताउँछन् । स्थानीयका अनुसार करिब ५० हजारका हाराहारीमा बोका बलि दिईएको छ ।
शौचालय बस्ने ठाउँ र नुहाउने ठाउँको राम्रो प्रबन्ध नमिलाइएको दर्शनका लागि भारतबाट आएका पुकार यादवले बताउनुभयो।मंगलबार राँगाको बली चढाइएकोमा बुधबार बोकाको बली चढ्ने छ।

सर्बोच्च अदालतले बली रोक्नका लागि दुई बर्ष अगाडि आदेश दिएको भएपनि भक्तजनहरूको चाहनाका कारण पशु बली रोक्न नसकिएको मेला ब्यवस्थापन समितिको दाबी छ। यद्यपी पशु बली निरुत्साहित हुने काम भएको उनीहरूको भनाइ छ।

यस पटक पशु बली निरुस्ताहित गर्नका लागि समितिले भक्तजनहरूसँग राँगाबाट ८ हजार,बोका बापत ५ हजार र परेवा बापत ३ सय रूपैया रसिद काटेको खण्डमा बली चढाए सरह हुने ब्यवस्था मिलाएको हो।
पशु बली रोक्न केहि तत्व लागि परेका छन् तर विश्व भर नै विभिन्न स्थानमा दिईने पशु बलीको विषयमा कुनै विरोध नहुने भएपनि गढीमाईको मेलामा भने विदेशी तत्वहरु हाबी हुँदै विभिन्न विरोध गर्दै आएका छन् । केहि दिन अघी पशु बलीको विरोध गर्न पुगेका हरु नै होटलमा मासुभात खाई रहेको अवस्थामा स्थानीयले फेला परेपछि उनीहरुलाई लखेटिएको थियो ।
विश्व भर आउन लागेको क्रिसमसमा मात्र करोडौंको संख्यामा टर्कीको बली दिइन्छ । यसैलाई उदाहरण मान्ने हो भने गढीमाईमा दिईने बली देखिने बली मात्र हो यो सानो संख्या हो ।

https://sambahak.com/wp-content/uploads/2019/05/gyalmu-jee-ko-badai.png
Loading...