सात जुवाडे पक्राउ

0
90

काठमाडौं । प्रहरीले जुवा खालबाट ७ जुवाडे पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१४ कलंकीबाट जुवातास खेलिरहेको अवस्थामा ७ जना जुवाडे पक्राउ परेका हुन् ।

मकवानपुरको हटौंडा उपमहानगरपालिका–६ घर भएका ३९ वर्षीय दिपक राउतको दिपक खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले ७ जनालाई सोमबार राति पक्राउ गरेको हो ।

उनीहरुको साथबाट नगद ६९ हजार रुपैयाँ र १ बुक ताससमेत बरामद भएको छ ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

https://sambahak.com/wp-content/uploads/2019/05/gyalmu-jee-ko-badai.png
Loading...