गृहमन्त्री बादल भक्तपुरमा

0
1860

भक्तपुर । गृहमन्त्री रामवहादुर बादल एक्कासी शनिवार भक्तपुर पुगेका थिए । उनी भक्तपुरका युवा नेता राम राजचलको विवाहको अवसरमा भक्तपुर पुगेका हुन् । शनिवार साँझ ६ बजे आफ्नो ब्यस्त समयका बाबजुत पनि भक्तपुर पुगेका बादलले पूर्व माओवादीका केन्द्रिय सदस्य एवं विद्यार्थीका केद्रिय सचिब राजचललाई शुभकामना दिदैं फर्केका थिए ।


स्कुले विद्यार्थी काल देखि नै तात्कालिन माओवादी जनयुद्दमा होमीएका समाजसेवी राजचल तात्कालिन पार्टीका विभिन्न कमिटिमा रहँदै पार्टीको केन्द्रिय सदस्य सम्म भएका थिए ।
विद्यार्थी राजनीतिमा अखिल क्रान्तिकारीको केन्द्रिय सचिब भई सकेका उनी हाल वकालत पेशालाई नै अंगाल्दै विभिन्न समाजसेवाको काममा लागि परेका छन् ।


राजचललाई बधाई दिन गृहमन्त्री बादल सहित नेकपाका भक्तपुर इन्चार्ज एवं केन्द्रिय सदस्य दिलिप प्रजापति, प्रदेश सभा सदस्य उर्मिला प्रजापति , नेकपाका जिल्ला अध्यक्ष बच्चन देउजा, जिल्ला सचिब देवी प्रसाद ढकाल लगाएतका नेताहरु कमलविनायक पुगेका थिए ।
हाल नेकपा भक्तपुरका जिल्ला सदस्य रहेका नेता एवं समाजसेवी राजचलको मंसिर २० गते भावना सुकुभटु सँग विवाह भएको थियो ।

Loading...