प्रदेशसभा सदस्य भँडेलले लिए सपथ

0
472

भक्तपुर । तीन नम्बर प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्य कृष्णलाल भँडेलले आइतबार पद तथा गोपनियताको सपथ लिएका छन् ।

प्रदेश सभा सचिवालयमा आइतबार एक कार्यक्रमको आयोजना गरी प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठले उपनिर्वाचनबाट निर्वाचित प्रदेश सभा सदस्य भँडेललाई पद तथा गोपनियताको सपथग्रहण गराएका हुन् । सपथ ग्रहणपछि सभामुख श्रेष्ठले साँसद भँडेललाई प्रदेशसभा अँकित लोगो समेत लगाइदिएका थिए ।

नवनिर्वाचित प्रदेश सभा सदस्य भँडेलले एकबर्षदेखि जनप्रतिनिधि विहीन भक्तपुर क्षेत्र नम्बर १, १ मा रोकिएका विकासका कामहरुलाई पूर्णता दिने र जनतामूखी काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

हेटौंडा–१० स्थित प्रदेशसभा सचिवालयमा भएको सपथ ग्रहण कार्यक्रममा उपसभामुख राधिका तामाङ तथा प्रमुख प्रतिपक्षी दल कांग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ लगायतको उपस्थिति रहेको थियो ।

१४ मंसिरमा सम्पन्न उपनिर्वाचनमा भक्तपुर–१ १ बाट कांग्रेसका उम्मेदवार भँडेलले १३ हजार ४ सय ४९ मत ल्याई निर्वाचित भएका थिए । उनका प्रतिष्पर्धी नेकपाका डिपी ढकालले ११ हजार २ सय ६ मत ल्याएका थिए । तत्कालिन एमालेका तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य हरिशरण लामिछानेको निधन भएपछि त्यहाँ उपनिर्वाचन भएको हो ।
प्रदेश सभा सदस्यले हेटौंडामा पद तथा गोपनियताको सपथ लिएसँगै भक्तपुरमा खुसियाली मनाईएको छ ।

Loading...
SHARE
Previous articleभक्तपुरमा अनौपचारिक शिक्षा स्कुल भवन उदघाटन
Next articleगृहमन्त्री बादल भक्तपुरमा