भक्तपुरबाट सीमा अतिक्रमण विरुद्ध साहित्यिक अभियान सुरु

0
210

भक्तपुर । नेपाली भूमि कालापानी, सुस्ता, लिम्पियाधुरा र लिपुलेकसमेत राखेर छिमेकी भारले हालै आफ्नो नयाँ नक्सा सार्वजनिक गरेपछि नेपाली सार्वभौमिकता माथि हस्तक्षेप भएको भन्दै भक्तपुरबाट विरोधमा साहित्यिक अभियान सुरु भएको छ ।
भारतको हेपाहा प्रवृत्ति र सीमा अतिक्रमणविरुद्ध विभिन्न जिल्लाका स्रष्टाहरुले ऐक्यवद्धता समेत जनाएका छन् । उनीहरुले आफ्नो रचनामार्फत् नेपाली राष्ट्रियता र अखण्डतामाथि भएको प्रहार कुनै पनि अवस्थामा सह्य नुहने बताउँदै सीमा अतिक्रमणविरुद्ध सरकारलाई समेत ठोस कदम चाल्न अनुरोध गरेका छन् । राष्ट्रिय मानवअधिकार प्रतिष्ठान भक्तपुरले सुरु गरेको अभिायनको क्रममा एक दर्जन स्रष्टाहरुले रचनामार्फत् भारतीय विस्तारवादी नितिको विरोध गरे ।
कार्यक्रममा काभ्रेको नालाका स्रष्टा नवराज दाहाल‘उत्साही’ले आफ्नो गजलमार्फत् भारतीय विस्तारवादलार्ई चेतावनी दिए । उनले गजलमार्फत् भने, ‘सिमानामा गिद्दे आँखा हेरिस् भने पख्लास्, विगतका सिमारेखा फेरिसठ भने पख्लास् ।’
उनीमात्र नभएर कार्यक्रममा सहभागी अन्य स्रष्टाहरुले पनि भारतले गरेको सीमा अक्रिमणविरुद्ध जुरुक्क उठ्नुपर्ने भावका गीत, गजल, कविता, मुक्तक वाचन गरेका थिए । कार्यक्रममा भक्तपुर झौखेलका बिके माकजू, हरिसुन्दर छुकां श्याम माकजू, लालबहादुर भुजेल, विवि दुवाल, काशिराम विरस, विकल प्रजापति, सूर्यप्रसाद तिमल्सिनालगायतले जोशिला रचनाहरु वाचन गरेका थिए ।
कार्यक्रम आयोजक प्रतिष्ठानका अध्यक्ष एवं रोम्बस सेकेण्डरी स्कुल÷कलेजका प्राचार्य डा. राजेन्द्र कोजूले देशको सार्वभौमिकता रक्षाको लागि सबैको भूमिका जरुरी रहेको उल्लेख गर्दै उक्त अभियान सुरु थरिएको बताउँदै रचना वाचन गरे । उनले नेपाली भूमिमाथि निरन्तर हस्तक्षेप हुनुमा भारतमात्र दोषी नभई नेपालका विभिन्न राजनीतिक दलका नेताहरु पनि दोषी रहेको बताए । उनले सार्वभौमिकता खतरामा पर्दै गएकाले त्यसको रक्षाको लागि नयाँ पुस्तामा पनि जागरण जरुरी रहेकोमा जोड दिए ।
कार्यक्रममा ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपालले साहित्यिक अभियानले सीमा अतिक्रमण गर्नृ भारतीय विस्तारवादलाई पाठ सिकाउन सहयोग मिल्ने बताउँदै सीमा अतिक्रमणविरुद्ध सबै एकजुट भई लाग्नुपर्ने आवश्यकता औंल्याएका थिए ।
सोही अवसरमा अभियन्ता नेपालले कवि विकल प्रजापतिले लेखेको ब्याक अफ इण्डिया बोलको गीतको विमोचन पनि गरेका थिए ।
अभियान अन्तर्गत भक्तपुरका विभिन्न स्थानमा साहित्य वाचनको कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ ।

Loading...
SHARE
Previous articleआज भक्तपुरमा भि टेनको कन्सर्ट हुँदै
Next articleवागीश्वरी कलेजको नयाँ भवनको शिलान्यास