एक करोड भन्दा बढि ब्यापार गर्दै भक्तपुरमा मेला सम्पन्न

0
106

भक्तपुर । भक्तपुर नगरपालिका वडा नम्वर ७ महेश्वरी खेल मैदानमा मंसिर १३ गते देखि २३ सम्म भएको मेलामा एक करोड भन्दा बढिको कारोबार भएको छ । पर्यटन बर्ष २०२० लाई लक्षित गरी ब्यापारिक साँस्कृतिक तथा मनोरञ्जनात्मक खेल मेला, भक्तपुर मेला महोत्सव–२०७६ मा एक करोड भन्दा बढि ब्यापार भएको आयोजकले जनाएको छ ।
ममता केन्द्र नेपालले आयोजना गरेको उक्त मेलामा विभिन्न सांस्कृतिक कार्यक्रम एवं खेलकुद प्रतियोगिता समेत भएको थियो ।
हाम्रो अभियान खेलको शान संस्कृति र समृद्दि भक्तपुरको पहिचान भन्दै आयोजना भएको उक्त मेलामा एक करोड भन्दा बढि कारोबारका साथै चालिस हजार भन्दा बढिले मेलाको अवलोकन गरेको आयोजक ममता केन्द्र नेपालका अध्यक्ष संगम लामाले जानकारी दिनुभएको छ ।
मेलामा विभिन्न स्टलहरुमा लताकपडा , खेलकुदाका सामग्री , दैनिक आवश्यकिय सामग्रीहरु विषेश छुटमा उपलब्ध रहेको थियो । मेलामा मनोरञ्जनका खेलहरु पनि समाबेश थिए खेलमा रोटेपिङ, नाउ , ब्रेक डान्स, ड्राइगन, मौतका कुवा, मिकी माउस, जम्पीङ, विभिन्न जादु, लगाएतका विभिन्न बाल मनोरञ्जनका सामग्रीहरु समेत सामेल थिए ।
यस्तै स्थानीय एवं राष्ट्रिय स्तरका कलाकारहरुबाट साँस्कृतिक कार्यक्रम दैनिक रुपमा भएको थियो ।
मेलाको समापन कार्यक्रम भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गर्नुभएको थियो । कार्यक्रममा उहाँले पर्यटन बर्ष सफल बनाउन सबैले आफ्नो क्षेत्रबाट काम गर्नु पर्ने बताउनुभयो । उहाँले भारतले मिचेको जमिन फिर्ता गर्न हामी एक जुट हुनु पर्ने बताउनुभएको थियो ।
कार्यक्रममा भनपा वडा नम्वर ७ का वडा अध्यक्ष उकेश कवांले पर्यटन बर्षको स्वागत हामीले मिलेर गर्नु पर्ने बताउनुभएको थियो ।
समापन कार्यक्रममा दुर्गेश थापाले आफ्नो प्रस्तुती राख्नुभएको थियो ।

Loading...