चार बर्षका लागि भक्तपुरको शारीरिक सुगठनको अध्यक्षमा पुनः मानन्धर

0
121

भक्तपुर । भक्तपुर जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको चाैथाे अधिवेशनबाट चार बर्षका लागि अध्यक्षमा पुनः बाबुकाजी मानन्धर निर्विरोध निर्वाचित भएका छन्। संघको शनिबार सम्पन्न चौथो अधिवेशनले चार वर्षे कार्यकालको लागि मानन्धरको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो।

जसअनुसार प्रथम उपाध्यक्षमा ज्ञानेन्द्र मानन्धर र द्वितीय उपाध्यक्षमा हरि द्वारे, सचिवमा प्रेमकृष्ण श्रेष्ठ, सहसचिवमा जोन्सन जोन्छे, कोषाध्यक्षमा अशोक घजु र सहकोषाध्यक्षमा सुनिल तज रहेका छन्।

त्यस्तै सदस्यहरुमा रमेश सुवाल, रोशन मानन्धर, रमेश प्याथ, किशोर सुवाल, सञ्जय मानन्धर, किशोर मानन्धर र रमेश कुटुवा पनि निर्विरोध निर्वाचित भए। रमेश प्रजापति, राजकुमार कुस्मा, विक्रम धुख्वा, शर्मिला साख, रञ्जना सितिखु, सञ्जय गसी श्रेष्ठ र कृष्णगोपाल तमी पनि सदस्यमा निर्विरोध निर्वाचित भएका छन्।

संघको चौथो अधिवेशन उद्घाटन गर्दै नेपाल शारीरिक सुगठन तथा फिटनेस संघका प्रथम उपाध्यक्ष विजयलाल कायस्थले देशको लागि अन्तर्राष्ट्रिय पदक ल्याए पनि शारीरिक सुगठन सरकारको प्राथमिकतामा पर्न नसकेको बताए।

उनले पछिल्लो समय शारीरिक सुगठनमा महिला खेलाडीको समेत आकर्षण बढेको सुनाए।

भक्तपुर शारीरिक सुगठन तथा फिटनेस संघका नवनिर्वाचित अध्यक्ष मानन्धरले भक्तपुरमा शारीरिक सुगठन खेलको थप विकास र विस्तारको लागि नगरस्तरीयदेखि जिल्लास्तरीय प्रतियोगिताहरुलाई निरन्तरता दिने वचन दिए।

उनले भक्तपुरमै यस खेलका प्रशिक्षक तथा निर्णायकहरुको तालिमसमेत सञ्चालन गर्न पहल गर्ने बताए। संघले भक्तपुरमा शारीरिक सुगठनतर्फ मिस्टर भक्तपुर र मिस्टर भ्यालीको निरन्तर आयोजना गर्दै आएको छ। यसैवर्ष महिलातर्फसमेत मिस फिजिक्स भक्तपुर आयोजना गरेको थियो।

Loading...
SHARE
Previous articleसुदुरपश्चिम प्रदेश स्तरीय बुद्धिचाल प्रतियोगिता हुने
Next articleरेडक्रसको स्थानीय योजना र क्षमता विकास कार्यक्रम चितवनमा