कुन राशीका मान्छे छिटै प्रेममा पर्छन् त

0
185

तपाईंले धेरै मानिसले पहिलो नजरमै माया बस्यो भन्ने सुन्नुभएको होला । वास्तममा कतिपयको प्रेम जादुमयी तरिकाले पर्ने गर्छ र अन्जान मानिसहरू पछि छिट्टै प्रेममा एकाकार हुन्छन् ।

कसरी यति छिटो मानिसहरू एकअर्कामा आकर्षित हुन्छन् भन्ने विषयमा असली कारण भने अर्कै छ । वास्तविक रूपमा प्रेमको तार तपाईंको राशिसँग जोडिएको हुन्छ । त्यसैले यी पाँचवटा राशि भएका मानिसहरू अरूको तुलनामा छिट्टै प्रेममा पर्छन् । उनीहरूको प्रेमको आकर्षण अरूको तुलनामा बढी हुन्छ ।

मीन राशि भएका रोमान्टिक

मीन राशि भएका मानिसहरू अत्यन्तै रोमान्टिक हुन्छन् । उनीहरूको प्रेमको रमाइलो जीवन अक्सर सीमाको बन्धनबाट मुक्त हुन्छ । उनीहरूले हरेकलाई असल नजरले हेर्छन् । यो राशि भएका मानिसको संगतमा पर्नेहरू छिट्टै नजिकिन्छन् । वास्तममा संसारलाई उनीहरू रंगीन चस्माले हेर्छन् । उनीहरू सजिलै प्रेममा डुब्छन् ।

मेष राशिका मानिसहरू प्रेममा धैर्य गर्दैनन्

मीन राशिका मानिसहरू जस्तै मेष राशिका मानिसहरू पनि सजिलै प्रेममा डुब्छन् । उनीहरू प्रेममा धैर्य राख्न सक्दैनन् । किनकि यो राशिमा मानिसहरू स्वभावले आक्रामक र छिट्टै निर्णय लिने खालका हुन्छन् । यो राशिका मानिसहरूले कहीँ कसैलाई पनि प्रेम प्रस्ताव राखिदिन सक्छन् ।

कर्कट राशि भएका मानिस प्रेममा पार्न खप्पिस

कर्कट राशि भएका मानिसहरू कसैलाई पनि सजिलै मनाउन सक्षम हुन्छन् । त्यसकारण उनीहरू कसैको प्रेममा छिट्टै डुबिदिन्छन् र कसैले मानेन भने फकाउने भरसक कोसिस गर्छन् । यो राशिका मानिसहरूमा ‘आइडिया अफ लभ’ हुन्छ र उनीहरूको त्यो प्रेमको तरिकामा छिट्टै मोहित भइदिन्छन् ।

सिंह राशि भएकाले लिन्छन छिटो निर्णय

सिंह राशि भएका मानिसहरूको दमदार व्यक्तित्व हुन्छ । यो राशिका मानिसमा कुनै पनि विषयको जबर्जस्त ‘प्यासन’ हुन्छ । यो राशिका मानिसमा विश्वासको स्तर पनि बढी हुन्छ । त्यस कारण उनीहरू प्रेमको मामलामा पनि सीमाको कम ख्याल गर्छन् र छिट्टै निर्णय लिन्छन् ।

वृश्चिक राशिका मानिसले प्रेममा ढिलाइ गर्दैनन्

वृश्चिक राशिका मानिसहरूमा प्रेमप्रति जबर्जस्त आकर्षण हुन्छ । ‘प्यासन’ का कारण उनीहरू कसैलाई देखेमा सजिलै प्रेममा पर्छन् । यो राशिका मानिसहरू कसैलाई आफ्नो प्रेमको बारेमा छिट्टै भनिहाल्छन् । यही कारण उनीहरू छिट्टै प्रेमको चक्करमा पर्छन् ।

 

Loading...
SHARE
Previous articleनेपाल साहित्य मन्दिरलाई एक लाख एक सय एघार प्रदान
Next articleविवाहपछि किन मोटाउँछन् त महिला ?  यस्ता छन् कारणहरू