दक्षिणकाली नगरपालिकामा चैत मसान्तभित्रै सबै विकासका योजना सम्पन्न हुने

0
51

ढिलोमा चैत मसान्तभित्रमा सबै योजना सम्पन्न गर्न उपभोक्ता समितिलाई आवश्यक प्रशिक्षण सहित निर्देशन दिएका छौं । असारको अन्तिम तिर योजना कार्यान्वयन हुँदा जनतामा सकारात्मक सन्देश नजाने भएकाले योजना कार्यान्वयन चैतभित्र सम्पन्न गर्ने र त्यसपछि अनुगमन गर्ने तयारी हामीले गरेका छौं । दक्षिणकाली नगरपालिकामा भएका विकास निर्माण र भावी योजनाका सम्बन्धमा हाम्रा संवाददाताले दक्षिणकाली नगरपालिकाका नगर प्रमुख मोहन बस्नेतसँग गरेको कुराकानीको सार संक्षेप

स्थानीय तह गठन भएको साढे दई वर्षमा दक्षिणकाली नगरपालिकामा केके काम भएका छन् ?
हामी जनप्रतिनिधि विकासे मान्छे विकासमै व्यस्थ छौं । जनताले विकास गर्न निर्वाचित गरेर पठाएका छन् । म नगरपालिकाकाको विकास निर्माणमा नै व्यवस्थ छु । नगरपालिकामा २० वटा सामुदायिक विद्यालयमध्ये १३ वटा सामुदायिक विद्यालयको भवन निर्माण भएका छन् । बाँकी विद्यालय यस वर्षभित्र निर्माण सम्पन्न हुनेछ । विद्यालमा भएका पठनपाठन लगायतका गतिविधि नगरपालिकाबाटै सिसि क्यामरबाट हेर्न सकिने गरी व्यवस्था गरिएको छ । नगरपालिकाबाटै सबै विद्यालयको अनुगमन गर्न सकिने व्यवस्था बन्दै छ । प्राथमिक तहसम्मका विद्यार्थीलाई खाजाको व्यवस्था गर्न लागिएको र संभव भएसम्म सबै विद्यार्थीलाई दिवा खाजा दिने व्यवस्था नगरपालिकाले गर्न लागेको छ ।
साना विद्यार्थीहलाई खाजाको व्यवस्था गरिएको छ । शिक्षक र शिक्षिकालाई शैक्षिक तालिम, दरबन्दी मिलान गरी शिक्षकको पर्याप्त व्यवस्था गर्न लागिएको छ । स्थानीय पाठ्यक्रम निर्माणको क्रममा हामी लागेका छौं । उक्त पाठ्यक्रममा संस्कार युक्त शिक्षा दिने व्यस्वथा गर्ने तयारी गरिदैछ ।

नेपाल भ्रमण वर्ष सन २०२० लाई लक्षित गरी नगरपालिकाले कति पर्यटन नगरपालिकामा भित्र्याउने तयारी गरिरेको छ ?
नेपाल भ्रमण बर्ष नहुँदा पनि दक्षिणकाली नगरपालिमा लाखौ पर्यटक जाने पर्यटकीय नगरपालिका हो । सरकारले नेपाल भ्रमण वर्ष मनाइ रहँदा यस नगरपालिका भित्र भएका धार्मिक तथा पर्यटकीय स्थललाई सिगारपटार गरेर थप आकर्षण गर्ने योजना नगरपालिकाले गरिरहेको छ । नगरपालिकाको ९ वटै वडामा भ्रमण गराउनुपर्छ र पर्यटन बोर्डसँग सहकार्य गरी पर्यटन पुग्नै पर्ने दक्षिणकाली मन्दिर, गोरखनाथ मन्दिर, शेषनारायण गोपालेश्वर, तेसिसकोटी देवताले बास गरेको प्राचिन सहर नगरपालिकाको क्षेत्रमा पर्यटन पु्र्याउने लक्ष्य नगपालिकाको तयारी गरेको छ । नेपाल भ्रमण बर्ष मनाइ रहँदा नगरपालिकाले फर्पिङ महोत्सव गर्ने,पहिलो विद्युत पावर हाउस पर्यटकलाई देखाउने तयारी छ । नास्पातिको ठाउँ भनेर चिनेने फपिङ्ग, लब्सी पकेट क्षेत्र पर्यटकलाई देखाउने तयारी छ ।

साढे दुई वर्षमा सामाजिक विकासका काम केके भएका छन् ?
लामो समयसम्म स्थानीय तह जननिर्वाचित जनप्रतिनिधि बिहिन भयो । जनताको इच्छा र आकांक्षा एकै चोटी पूरा गर्न कठिन हुनु स्वाभाविक हो । दिनरात खटेर जनताकै सेवामा लाग्दा पनि जनताको आकांक्षा पूरा गर्न गाह्रो भएको छ । जनतामा सकारात्मक सोचको विकास गर्ने काममा हामीले काम गर्दै छौं । हामीले जत्तिसुकै राम्रो काम गरे पनि जनताले त्यसलाई राम्रो रुपमा लिएनन भने त्यो राम्रो भएको भन्न सकिदैन । काठमाडौंकों दक्षिणकाली सडक निर्माण कार्यको अन्तिम चरणमा पुगेको छ । दक्षिणकाली नगरपालिका हुँदै प्रदेश ३ को कार्यालय रहेको हेटौडा पुग्न सकिने भएकाले यस नगरपालिका आफैंमा पर्यटकीय गन्तव्य नगरपालिका हो ।

दक्षिणकाली नगरपालिका नगरबासीलाई पिउने पानीको कस्तो व्यवस्था गरिएको छ ?
भूकम्पले गर्दा पहिला आइरहेका कतिपय पानीका मुहान सुकेर अन्यत्रै सरे । नगरपालिका हामी निर्वाचित भएर आएपछि साना तथा ठूला गरी ३० वटा खानेपानीको ट्याङ्की निर्माण गरेका छौं । सबै नगरबासीको घर घरमा पानी पु¥याउनका लागि बजेट थप्दै काम धमाधम गरिरहेका छौं । अबको एक वर्षभित्र सबैको घरमा पानीको धारा पु¥याउने अठोट हामीले लिएका छौं । दक्षिणकाली नगरपालिकामा भएको पानीको स्रोतबाट अन्य नगरपालिकाले समेत सदुपयोग गरेका छन् ।

नगरपालिकाले स्वास्थ्यको अवस्था कस्तो छ ?
नगरपालिकाले नगरबासीलाई अस्पताल जानै नपरोस् भन्ने कामना गरेको छ । यद्यपी रोग लागिहाल्दा अस्पताल जानुको विकल्प छैन । नगरपालिकामा भएका अस्पताललाई थप उपकरण जडान गर्ने तयारीमा गरेका छौं । नगरपालिकाको ९ वटै वडामा प्राथमिक स्वाथ्य केन्द्र निर्माण भएका छन् ।

नगरपालिकाले नगरमा भएका फोहोर व्यवस्था कसरी गरेको छ ?
पहिला व्यक्तिको मानसिकता सफा गरेपछि मात्र सिङ्गो नगर सफा गर्न सकिन्छ मान्यताका साथ हामी नगर सफाइ अभियानमा लागेका छौं । नगरभित्र भएका फोहोर व्यवस्थित रुपमा सङ्कलन गर्न खुल्ला टेण्डर आह्रावन गरेका छौं । दक्षिणकाली नगरपालिकाले फोहोरलाई मोहोरमा रुपान्तरण गर्न सकिन्छ भन्दै नगर सफाइ अभियानको काम गरिरहेको छ ।

नगरपालिकामा कार्यालय र कर्मचारी व्यवस्थापन कस्तो भएको छ ?
हामी निर्वाचित जनप्रतिधि आएको साढे दुई वर्षसम्म पनि नगरपालिकामा कर्मचारी व्यवस्थापन पूर्णरुपमा हुन सकेको छैन । यसमा संघीय सरकारलाई पनि त्यक्तिकै समस्या परेको छ त्यसमा सबै भन्दा बढि हामी स्थानीय सरकारलाई समस्या परेको छ । नगरपालिकाको प्रशासनिक भवन निर्माणका लागि जग्गा खोजी गरिरहेका छौं । निजामति कर्मचारी स्थानीय तहमा समयाोजन हुँदा एक तह बृद्धि भएर आएकाले कतियप समायोजन भएर आएका कर्मचारीलाई स्थानीय सरकारको कामको बारेमा जानकारी छैन । बाँकी समयमा अहिलेसम्म गरेको कामको जगलाई उचाइमा पु¥याउँदै गजुर हाल्न सकियो भने सबैले नगरपालिका समक्ष राकेको भरोसा र विश्वास पूरा हुन्छ भन्ने लागेको छ ।

चालु आर्थिक वर्षका नगपालिकामा सञ्चालित योजना कत्तिको सम्झौता भए कहिलेसम्म योजना सम्झौता भइसक्छ ?
गत वर्षको तुलनामा यस वर्ष नगरपालिकाको योजना कार्यान्वयनमा सुधारको गति अगाडि बढाएका छौं । स्थानीय उपभोक्ता सबैलाई म मेरो विकास मेरै लागि गर्दैछु भन्ने भावना जगाउने काम गरेका छौं । ९ वटै वडामा निर्माण भएका उपभोक्ता समितिलाई प्रशिक्षण प्रदान गरिरहेका छौं ।
ढिलोमा चैत मसान्तभित्रमा सबै योजना सम्पन्न गर्न उपभोक्ता समितिलाई निर्देशन दिएका छौं । पहिला पहिला असारको अन्तिम तिर पनि योजना कार्यान्वयन भइरहने कतिपय योजना त सोही समयमै सम्झौता समेत गर्ने परम्पराको अन्त्य गर्दैछौं । चैतपछि सबै योजनाको अनुमगन गर्ने योजना बनाएका छौं ।
उपभोक्ता समितिले आफैंले यो काम मेरै लागि हो मैले प्रयोग गर्ने हो भन्ने अनुभूति गराउनका लागि उपभोक्ता समितिलाई तालिम दिएका हौं ।

Loading...
SHARE
Previous articleपञ्चायती ब्यस्थाको अन्त अझ भएको छैन प्रजातन्त्र सेनानी
Next articleToday in History: December 25