सुदूरपश्चिममा हिमपातले जनजिवन कष्टकर हिमपातपछि भीमदत्त र दशरथ चन्द राजमार्ग अवरुद्ध

0
47

महेन्द्रनगर
मौसममा आएको परिवर्तनसँगै सुदूरपश्चिमका अधिकांश उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ ।
सुदूरका पहाडी जिल्ला डडेल्धुला, बैतडी, बाजुरा, अछाम, बझाङ र दार्चुलाका लेकाली क्षेत्रमा हिमपात भएको हो । बिहीबार रातिदेखि मौसममा आएको परिवर्तनसँगै उच्च क्षेत्रमा हिमपात भएको स्थानीय बासिन्दाले बताएका छन् । गय रातिदेखि शुरु भएको वर्षाका कारण चिसो बढ्दै गएपछि परेको हिमपातले सुदूपहाडको जनजीवन प्रभावित भएको हो ।
सुदूरपश्चिमको प्रवेशद्वारमा रहेको पहाडी राजमार्ग भीमदत्त राजमार्गअन्तर्गत डडेल्धुराको हगुल्डे र साँहु खर्कमा बढी हिमपात भएपछि पहाडी जिल्ला जोड्ने यातायात बन्द भएको प्रमुख जिल्ला अधिकारी राजु पौडेलले बताए ।
सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लाहरू बाजुरा, बैतडी, दार्चुला, अछाम, बझाङ र डोटीका विभिन्न पहाडी क्षेत्रमा सोमबार रातीदेखि भारी हिमपात भइरहेको छ । बाजुराको बिच्छ्या, रुगिन, जकोट, मानाको, कैलाशमाडौं छतारा, पाण्डुसैन, दहकोट, आटीचौरलगायत दर्जनभन्दा बढी स्थानमा भारी हिमपात भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । हिमाली गाउँपालिकाको साबिकको बिच्छ्यामा सबैभन्दा बढी हिमपात भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ। यसैगरी अर्को हिमाली जिल्ला बझाङको साइफाल, सुर्मा, छ बीसपाथीभेरा, खप्तड छाना गाउँपालिका, बुंगल नगरपालिकाका विभिन्न स्थानमा हिमपातले असर परेको छ । मंगलबार दिनभर भारी हिमपात भएको जिल्ला प्रशासन कार्यालय बझाङले जनाएको छ ।
दार्चुला जिल्लाका उच्च हिमाली तथा पहाडी क्षेत्रमा भारी हिमपात भएको छ । बैतडीको खोडपे, गोठलापानी, सतबाझ लगायतका बजार क्षेत्रमा समेत हिमपात भएको छ । अत्यधिक चिसोका कारण घरबाहिर निस्कनसमेत समस्या भएको स्थानीयवासी बताउँछन् ।
हिमपातले यहाँको जनजीवन प्रभावित बनेको छ । वर्षासँगै सुदूरपश्चिममा फेरी हिमपात भएपछि विभिन्न राजमार्ग अवरुद्ध भएको छ । अत्तरिया– डडेल्धुरा भीमदत्त राजमार्ग र डडेल्धुरा बैतडी दशरथ चन्द राजमार्ग विभिन्न ठाउँमा अवरुद्ध भएको छ ।
पहाडी जिल्ला डोटी, डडेल्धुरा, बैतडी, बझाङ, बाजुरा र दार्चुला लगायतका जिल्लाका उच्च लेकाली भेगमा हिमपात सुरु भएको छ । डडेल्धुरा जिल्लाको सदरमुकाममै पनि केही ठाउँमा एक फिट सम्म हिउ जमेको प्रमुख जिल्ला अधिकारी राजु पौडेलले बताए । सुरक्षाकर्मी र सडक विभागका डोजर मार्फत अवरुद्ध सडक खोल्ने प्रयास भएपनि हिमपात अहिले पनि जारी हुँदा समस्या भएको उनले बताए । राजमार्ग अवरुद्ध भएपछि यात्रुहरु समस्यामा परेका छन् ।
डडेल्धुरा जिल्लाको सदरमुकाममै पनि केही ठाउँमा एक फिट सम्म हिउ जमेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । सुरक्षाकर्मी र सडक विभागका डोजर मार्फत अवरुद्ध सडक खोल्ने प्रयास भएपनि हिमपात अहिले पनि जारी हुँदा समस्या भएको उनले बताए । राजमार्ग अवरुद्ध भएपछि यात्रुहरु समस्यामा परेका छन् । हिमपातका कारण भिमदत्त राजमार्गको साहुखर्क, हगुल्टे, गैरा लगायतका क्षेत्रमा भारी हिमपात पछि सवारी साधन संचालनमा कठिनाई आएको छ ।
बिभिन्न ठाउमा हिउँ जमेको र जाडो बढ्न थालेकाले घरबाहिरको काम गर्न समस्या हुन थालेको स्थानीयले बताएका छन । एक्कासि बढेको चिसोका कारण विशेषगरी वृद्धवृद्धा, बालबालिका तथा गरिखाने वर्ग बढी प्रभावित भएका छन । पहाडि जिल्लामा हिमपात भएसगै तराईका कैलाली कन्चनपुरमा समेत जोडो बढेको छ ।
सिँचाइ नभएका क्षेत्रमा वर्षा र हिमपातले सिँचाइको काम गर्ने भएकाले किसान खुशी भएका छन् ।
हिमपात भएपछि विभिन्न क्षेत्रका विद्यालय हिमपातका कारण पूर्णरूपमा बन्द भएका छन् । हिमपातले चिसो हुने भएकाले बालबालिका बढी प्रभावित हुने भएकाले विद्यालय नै बन्द भएका हुन् ।
अधिकांश विद्यालयमा तेस्रो त्रैमासिक परीक्षा सञ्चालन भइरहेको छ । वर्षा र हिमपातका कारण विद्यालयले सञ्चालन गर्दै आएका परीक्षासमेत प्रभावित हुने मालिका नमूना माध्यमिक विद्यालय बाजुराका प्रधानाध्यापक शुभराज पाध्याले बताउनु्भयो । चिसोले विद्यार्थीलाई समस्या हुने भएकाले परीक्षा नै स्थगित गर्नुपर्ने हुनसक्ने प्रधानाध्यापक पाध्यायको भनाइ थियो ।
यता
खप्तडमा हिमपात
सुदूरपश्चिम प्रदेशको प्रसिद्ध पर्यटकीय स्थल खप्तडमा बिहिवारदेखि फेरी हिमपात सुरु भएको छ । बिहिवारदेखि हिमपात भईरहेको र त्यहाँको तापक्रम निकै घटेको खप्तडमा तैनाथ रहेको गुरु गोरख गुल्मले जनाएको छ । बिहिवारदेखि नै अत्याधिक चिसो छ । लगातार हिमपात पनि भईरहेकोले तापक्रम सुन्यमा झरेको छ । डोटीको सायल गाउँपालिका, पुर्विचौकी गाउँपालिका, अछाम, बाजुरा र बझाङका क्षेत्रको समेत जनजीवन प्रभावित भएको छ । हिमपातका कारण जंगली जनावर पनि परेका छन ।
यता मौसम पुर्वानुमान महाशाखाले अनुसार अबको केही दिन तापक्रम घटबढ भइरहने जनाएको छ । पश्चिमी वायु सक्रिय भएकाले अझै देशको पश्चिमी तथा मध्य हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ ।

Loading...
SHARE
Previous articleभक्तपुर चेम्वरमा दुई ग्रुप चुनाव लड्दै
Next articleललितपुरका समाजसेवी आमाछोरीले शितलहर पीडित सर्लाहीवासीलाई कम्वल बाँडे