खुर्कोट बजार तताउन २० गते दुर्गेस थापा आउँदै

0
53

सिन्धुली । खुर्कोट बजारमा जारी मेलामा गायक दुर्गेस थापा आउने भएका छन् ।
विच्च विच्चमा भन्ने बोलको गीतबाट ख्यातीको शिखरमा रहेका थापाले खुर्कोट बजारमा जारी मेलामा आफ्नो विषेस प्रस्तुती राख्ने भएका हुन् ।
१९ गते सम्म जारी मेलामा थप एक दिन अर्थात २० गते सम्म मेला जारी हुने छ भने दुर्गेशका साथमा मेलामा अन्य कलाकारहरुले पनि आफ्नो विभिन्न प्रस्तुती राख्ने भएका छन् ।

मेलामा अन्जली रेग्मी, सन्तोष दवाडी, अविषेक लामा लगाएतका कलाकारहरुले आफ्नो प्रस्तुती राख्ने भएका छन् छने सिन्धुली डान्स ग्रुप र स्थानीय कलाकारहरुले पनि आफ्नो प्रस्तुती राख्ने आयोजकले जानकारी दिएका छन् ।

मेला महोत्सवका माध्यमबाट नै एक आपसमा संस्कृतिक एवं परम्परा आदन प्रदान तथा पर्यटन बर्षलाई सफल बनाउन समेत सहयोग पुगेको गोलञ्जर गाउँपालिका वडा नम्वर ७ का वडा अध्यक्ष एवं मेलाका संरक्षक सुवास देवकोटाले बताउनुभयो । उहाँका अनुसार यस्तै मेला महोत्वम आगामी बर्षमा पनि गर्नु पर्ने बताउनुभयो ।

९ गते देखि जारी मेलामा विभिन्न खेलकुदका सामग्री सहित १० देखि ५० प्रतिषत सम्म छुटका साथ विभिन्न घरायसी सामान सहित दैनिक उपभोग्य सामग्रीहरुको ब्यापार समेत भई रहेको छ ।
मेलाको अन्तिम दिन दुर्गेसको प्रस्तुतिका साथ मेलामा विभिन्न सामानहरु विषेश छुटका साथ राखिने आयोजकले जनाएको छन् ।

 

Loading...
SHARE
Previous articleभक्तपुर चेम्वरमा शिव मानन्धरको प्यानल विजयी
Next articleपाइप विच्छाउन खनेको खाडमा परि तेमालमा एक तामाङको मृत्यु