नेपाललाई अर्गानिक मुलुक बनाउने

0
19

— हरि श्रेष्ठ
मध्यपुर थिमि । नेपाल सरकार, कृषि विकास निर्देशनालय, प्रदेश ३ र मध्यपुर थिमि नगरपालिकाको सहकार्य तथा रिकिटा प्रालिको आयोजनामा सञ्चालन भएको ७ दिने जापानिज प्रबिधिबाट प्राङ्गारिक मल बनाउने तालिम मध्यपुर थिमिमा सम्पन्न भयो ।
मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख मदनसुन्दर श्रेष्ठको सभापतित्वमा सञ्चालन भएको तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रममा प्रमुख अतिथि पूर्व उद्योग मन्त्री तथा प्रतिनिधि सभाका संसद महेश बस्नेतले १२५ जना सहभागीहरुलाई प्रमाणपत्र विरतण गर्नु हुँदै नेपाललाई अर्गानिक मुलुक बनाउन कुरोले होइन कामले गरेर देखाउनु पर्ने बताउनु भयो । हाल मध्यपुर थिमिमा सञ्चालन भईरहेको जापानिज प्रबिधिबाट फोहरमैलाको अर्गानिक मल बनाउने कार्यको प्रशंसा गर्नु हुँदै श्री बस्नेतले बढ्दो सहरीकरणसँगै फोहरमैलाको व्यवस्थापन चुनैतिपूण भएको अवस्थामा यो प्रविधि अत्यन्त उपयोगी भएकाले देशको सम्पूर्ण जिल्ला प्रवद्र्धन गर्न आवश्यक भएको तथा दक्षिण एसियाकै लागि तालिम केन्द्रको रुपमा विकास गर्ने लक्ष्यको सराहना गर्नुभयो । यस प्रविधिको विकासले शहर सफा हुनुको साथै नेपालीहरुको जीवनस्तर पनि उकासिन सकिने भएकाले यस कार्यको प्रबद्र्धनका लागि आफू पनि लागी पर्ने बताउनु भयो ।
स्वागत मन्तव्य दिंदै रिकिटा प्रालिका प्रबन्ध निर्देशक उषा गिरीले यस तालिममा १२५ जना सहभागी भएको जनाकारी दिनुहुँदै जापानी नागरिक हासिमोटोले प्रबद्र्धन गरेको प्रविधिलाई उपयोग गरी नेपाललाई अर्गानिक देशको रुपमा परिचित गराउन देशका सबै नगरमा फैलाउन यसलाई तालिम केन्द्रको रुमा बिकास गर्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा यस भन्दा अघि तालिम लिएका चितवन जिल्ला राप्ती नगरपालिकाका प्रशिक्षार्थीले तालिम पश्चात आफूले सिकेका ज्ञान प्रयोग गरी तयार पारेको जैविक मलको नमूना प्रदर्शन गरेका थिए । रिकिटा प्रालिका प्रशिक्षक समेत रहेका सुरोज श्रेष्ठले सञ्चालन गरेको सो कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य उमेश श्रेष्ठ, मध्यपुर थिमि नगरपालिका वडा ४ का कार्यवाहक अध्यक्ष रामकेशरी श्रेष्ठ, सूर्यविनायक नगरपालिका वडा नं. १ का वडाअध्यक्ष सानुकाजी कायष्ठ लगायतका व्यक्तिहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा सहभागीको तर्फबाट चितवनका घनश्याम कंडेल र विश्वशान्त लामा तथा रामेछापका मनकुमारी आलेमगरले तालिमको अनुभव व्यक्त गरेका थिए ।

Loading...
SHARE
Previous articleबलात्कार गर्नेलाई भन्दा फेसबुकमा कमेन्ट गर्नेलाई बढी सजाय
Next articleआफन्तबाटै बेचिन्छन् छोरीचेली