बलात्कार गर्नेलाई भन्दा फेसबुकमा कमेन्ट गर्नेलाई बढी सजाय

0
19

काठमाडाैं । सरकार सामाजिक संजालमा कडा हुन खाेजेकाे छ । यसै सन्दर्भमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता रघुजी पन्तले सरकारलाई बहुमतको दुरुपयोग नगर्न सुझाव दिएका छन् । सूचना प्रविधि विधेयकका बारेमा बोल्ने क्रममा उनले लोकतान्त्रिक व्यवस्थामा बहुमतभन्दा लोकमत ठूलो हुने बताउँदै अबिलक्ब विधेयक सच्याउनु पर्ने पनि बताएका छन् ।

सूचना प्रविधि विधेयकका अधिकांश पक्ष राम्रो भएपनि केही प्रावधानले विधेयकलाई नियन्त्रणकारी बनाएको भन्दै उनले आपत्ती जनाएका थिए । ति प्रावधान सुधार्नु पर्ने उनको माग थियो । मुख्यतः विधेयकको दफा ८३, ८८, ९२ र ९६ मा विवादित विषय रहेको उनको औंल्याएका थिए ।

‘संसदको विकास र प्रविधि समितिबाट पारित गर्नुभन्दा पहिले धेरै छलफल हुनुपर्ने थियो, त्यो भएन । समिति सभापतिको ध्यान अलिक पुगेन,’ उनले भने, ‘विधेयकका धेरै विषय राम्रा पनि छन् । तर, केही प्रावधानमा भने पूनर्विचार गर्नैपर्ने देखिन्छ ।’

विधेयकको दण्ड, सजायको प्रावधान फौजदारी आचारसंहितासँग बाझिएको बताउँदै उनले थपे, ‘बलात्कार गर्न खोज्नेलाई भन्दा फेसबुकमा कमेन्ट गर्नेलाई बढी सजाय दिन खोजेको जस्तो देखिन्छ ।’

यद्यपि यसलाई सच्याउन अझै समय बाँकी रहेको बताउँदै उनले यसलाई हुबहु पारित गर्न नहुने तर्क गरे ।

‘यसलाई फुलहाउसले समितिमा फर्काइदिन सक्छ । संसद सञ्चालन नियमावली अनुसार विवादास्पद प्रावधान हटाउन सकिन्छ ।’ उनले बताए ।

शुक्रबार राजधानीमा आयोजित विशेष साक्षात्कार कार्यक्रममा बोल्ने क्रममा पन्तले संविधानमा अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता सुनिश्चित गर्न आफूहरुले लडेको स्मरण गर्दै विधेयकका विषयमा पत्रकार महासंघ मौन रहेको भन्दै असन्तुष्टी पनि व्यक्त गरे ।

Loading...
SHARE
Previous articleताथलीमा बृहत साँस्कृतिक कार्यक्रम सहित ल्होछार महोत्सब हुने
Next articleनेपाललाई अर्गानिक मुलुक बनाउने