क्रियाशिल पत्रकारिता सम्मान राससका रत्नकृष्णलाई

0
90

भक्तपुर ।
क्रियाशिल पत्रकारिता सम्मान यस बर्ष राष्ट्रिय समाचार समितिका उपसमाचारदाता एवम् फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठलाई प्रदान गरेको छ । समय समाज राष्ट्रिय साप्ताहिक पत्रिकाले हरेक बर्ष प्रदान गर्दै आइरहेको उक्त पुरस्कारबाट श्रेष्ठ सम्मानित हुनुभएको हो ।
फोटो पत्रकार श्रेष्ठलाई पाँच हजार पाँच सय पचपन्न रुपैयाँ नगदसहित दोसल्ला, भाँदगाउले टोपी र सम्मानपत्रद्धारा सम्मान गरेको हो । उहाँलाई प्रतिनिधिसभा सांसद महेश बस्नेत, नेकपाका केन्द्रिय सदस्य एवम् चाँगुनारायण नगरपालिकाका प्रमुख सोम प्रसाद मिश्र, समय समाजका अध्यक्ष सुवालले सम्मान गर्नुभएको हो ।
यस्तै पत्रिकाले आफ्नो बार्षिक उत्सवका अवसरमा उत्कृष्ट कर्मचारीका रुपमा पत्रिकाका व्यवस्थापक एवम् पत्रकार नारायण थापालाई नगद, भाँदगाउले टोपी र कदरपत्रद्धारा सम्मान गरेको छ भने पत्रिकाका नियमित लेख स्तम्भकार प्रकाशकुमार कार्कीलाई समेत भाँदगाउँले टोपी र कदरपत्रद्धारा सम्मान गरेको छ ।

पत्रकारितामा थप सुधारको खाँचो छ : जनप्रतिनिधिहरु
निर्वाचित जनप्रतिनिधिहरुले पत्रकारितालाई व्यवसायिक र मर्यादित बनाउन थप सुधारको खाँचो रहेको औल्याएका छन् । भक्तपुरबाट प्रकाशित हुने समय समाज राष्ट्रिय साप्ताहिक पत्रिकाको १५औं बर्ष प्रवेश कार्यक्रमका सहभागि जननिर्वाचित प्रतिनिधिसभा सांसद, प्रदेशसभा सांसदहरु, जिल्ला समन्वय समिति र स्थानीय तहका जनप्रतिनिधिहरुले पत्रकारितालाई व्यवसायिक, मर्यादित र उत्तरदायि बनाउन सुधारको खाँचो औल्याएका हुन् ।
बार्षिक उत्सव कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सांसद एवम् पूर्व उद्योगमन्त्री महेश बस्नेतले पछिल्लो समयमा पत्रकारिता क्षेत्र सशक्त र प्रभावकारी बन्दै आइरहेको बताउदै पत्रकारिता पेशाबाटै पत्रकारहरुको सहज जीवनयापन गर्ने अवस्था बनि नसकेको भन्दै पत्रकारितामा सुधार आवश्यक रहेको बताउनुभयो । सांसद बस्नेतले पत्रकारहरु समाज र राष्ट्रप्रति उत्तरदायी र जिम्मेवार रहेकाले पत्रकारहरु व्यवसायिक बन्नुपर्ने र यसका लागि प्रकाशन गृह र सरकारको तर्फबाट पत्रकारहरुलाई व्यवसायिक बनाउने कार्य योजना ल्याउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेशका सांसद राजेन्द्रमान श्रेष्ठले आम सञ्चारका बिभिन्न माध्यमहरुबाट आज सहज रुपमा समाचार र जानकारीहरु तत्काल प्राप्त गर्ने अवस्था बिद्यमान हुँदाहुँदै यसको विश्वशनियतामाथि प्रश्न उठ्ने अवस्था सिर्जना हुन थालेकाले विश्वसनिय पत्रकारिताको विकास गर्नु आवश्यक रहेको औल्याउनुभयो ।
सो अवसरमा अर्का बागमती प्रदेश सांसद शशिजंग थापाले पत्रकारिता पेशाप्रतिको आकर्षण बढ्दै गइरहेको तर, प्रकाशन गृह र पत्रकारहरु व्यवसायिक बन्न नसक्दा मर्यादित पत्रकारिता थप प्रभावकारी हुन नसकेको बताउनुभयो ।
प्रदेश सांसद सरस्वती बाटीले पत्रकारिताले सामाजिक रुपान्तरणमा मात्र नभै एउटा आम मानिसको जीवन रुपान्तरणका लागि समेत भूमिका खेलिरहेका कारण यसको विश्वसनियतामा आँच आउन दिन नहुने बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, नेकपा भक्तपुर जिल्ला अध्यक्ष बचन देउजा, मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख अन्जनादेवी मधिकर्मीलगायतले आजको युग सुचना, सञ्चार र प्रविधिको युग भएकाले सञ्चार जगतकै माध्यममार्फत आम नागरिक सुसूचित हुने हुनाले पत्रकारितालाई व्यवसायिक, मर्यादित, जवाफदेही र जनउत्तरदायि बनाउनुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा समय समाज साप्ताहिकका सम्पादक सोम शर्मा (बजगाईं), अध्यक्ष बालमुकुन्द सुवाल र सञ्चालक राजुराम मुनंकर्मीले पत्रकारिताको व्यवसायिक विकास, मर्यादित, उत्तरदायि र जिम्मेवार पत्रकारिताका लागि समय समाजले भूमिका निर्वाह गरिरहेको बताउनुभयो ।

Loading...