यहि माघ ९ गते भक्तपुरमा ध्यासी अर्थात भुत भगाईंदै

0
173

भक्तपुर । भक्तपुरमा यही माघ ९ गते बर्ष भरी दुःख दिने भुत भगाइने भएको छ ।
हाम्रो परम्परामा भुत भने पछि जो कोही पनि डराउन सोभाविकै हो । यस्तै तामाङ समुदायको नयाँ बर्ष सोनम ल्होछार २८५६ नजिकिए सँगै उनीहरु पुरानो वर्षमा दुःख दिएका भुतहरु पन्छाउन विभिन्न अनुष्ठान आयोजना गर्न थालेका छन् ।
भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्वर ६ स्थित उर्गेन साङ्गे छ्योईलिड तामाङ गुम्वामा ह्याङला आदिवासी तामाङ समाजको आयोजनामा सामुहिक रुपमा भुत भगाउने अनुष्ठान अर्थात ध्यासी आयोजना गरिने भएको छ ।
अघिल्लो बर्षमा पनि बर्षको अन्मिमा गुम्बाले नै भुत भगाउने अनुस्ठान गरको समाजका अध्यक्ष कर्मा लोप्साङ वाईबाले जानकारी दिनुभयो ।
उहाँका अनुसार हाम्रो परम्परा अनुसार विभिन्न समयमा विभिन्न किसिमबाट भुत प्रेत आदिले दुःख दिने गरेको र यसलाई भगाउन तामाङहरुले आफ्नो घर घरमा पनि यो अनुष्ठान अयोजना गर्ने गरेको भएपनि हामीले भने संयुक्त रुपमा निर्माणधिन गुम्वामा नै सवै जुटेर भाईचाराका साथ ध्यासीको आयोजना गरेको जानकारी दिनुभयो ।

यो अनुष्ठान तीन दिन सम्म गर्नु पर्ने भएपनि गुम्बामा यो बर्ष भने विभिन्न लामा गुरुहरुले पाठ गरि एकै दिनमा अर्थात माघ ९ गते भुत भगाईने उहाँले जानकारी दिनुभयो ।
पुजामा पहिला भगवान गौतम वुद्दको दाहिने हात सहितको मण्डला बनाई जग्गेको स्थापना गर्ने कार्य गरिन्छ भने त्रिपिटकको सार पारामिति( बुम १२ ठेली)को पाठ गरि हाम्रो जीवनमा भएका आएका भुत प्रेतहरुलाई ध्यासी पुजा अर्थात (४०० पुजा) गरि पन्छाउने परम्परा अनुसार यो पुजा गरिन्छ ।

वर्ष दिनमा लागेको रोग ब्यादी दशा ग्रह शान्तीका लागि हाम्रा जीवनमा दुःख दिने ४ मार देव पुत्र मार , मृत्यु मार , स्कन्द मार र क्लेस मारलाई पन्छाउन प्रत्यक वर्ष नयाँ वर्ष ल्होछार अगाडी यस्ता अनुष्ठान लामा गुरुहरुको उपस्थितिमा गरिदै आएको छ ।
हाम्रा जीवनमा पिरोल्ने ४ मारले नयाँ आउने वर्षमा दुःख कस्ट भय रोग एवं ब्याध नल्यावस सुख शान्ती एवं दिर्गायुको लागि पाठ पुजा गरि बनाईएका भुतका प्रतिमा खोला वा नजिकको दोवाटोमा पन्छाउने काम गरिन्छ ।
भगवान गौतम वुद्दको दाहिने हातको प्रतिमामा स्वरुप निर्माण गरिएको मण्डपमा हाम्रो शरिरको प्रतिक एक सय ङार्ली बत्ती (छ्यामी) एक सय, नहिवेद(स्याल्से) एक सय र स्तुपा (छाछा) एक सय गरि मण्डला बनाई भुतलाई उक्त स्थानमा बोलाई पुजा गरि उनीहरुलाई अव मनुस्यको जीवनमा दुःख कस्ट दिन फेरी नआउ है भनी बन्धनमा परि दोबाटो वा खोलामा लगेर सेलाउने गरिन्छ ।
तामाङ परम्परा अनुसार दुःख दिने विभिन्न तत्वबाट छुट्कारा पाउन तथा सुख समृद्दि हाँसिल गर्दै शान्तिका साथ जीवनयापन गर्न हरेक प्राणिले पावस् भनी यो अनुष्ठान आयोजना गरिने गरेको संस्थाका सह सचिब नरेस वाईबाले जानकारी दिनुभयो ।
उहाँका अनुसा संसारमा हुने भनेका महिला अनी पुरुष हुन् उनीहरुको प्रतिमा वनाई अव देखि यि दुई जातिलाई दुःख नदिने सर्तमा भुतलाई खोलामा विर्सजन गर्ने काम यही माघ ९ गते गुम्बामा हुने उहाँले जानकारी दिनुभयो ।
उहाँले उक्त भुत मन्छने कार्यक्रममा सहभागिता जनाउन समग्रमा आग्रह समेत गर्नुभएको छ ।
हाम्रो परम्परामा पुरानो दुःख कस्ट एवं पुराना कुराले फेरी पनि दुःख नदिउन भन्ने हेतुले आयोजना गरिने यस अनुष्ठानले नयाँ बर्ष सँगै नयाँ जोश र जाँगर ल्याउन मद्दत गरोस् भनी भगवान बुद्दको आराधना गरि यो पर्व मनाईने उहाँले बताउनुभयो ।

Loading...
SHARE
Previous articleभक्तपुरमा जुवा खालबाट ९ जुवाडे पक्राउ
Next articleलिम्पियाधुरामा अविलम्व नेपाली झण्डा गाड्नुपर्नेः गोसाई