विश्व हिन्दु महासंघ एक हुने, चितवनबाट अभियान सुरु

0
14

चितवन । विश्वहिन्दु महासंघ बाँसबारी र सानोभर्याङ एक हुने भएका छन् । त्यसको अभियान चितवनबाट सुरु भएको छ । दुवै सघंमा आवद्ध केन्द्रीय र जिल्ला नेतृत्वसहित दुई संघलाई एक बनाउन चितवनमा समिति गठनसमेत भएको छ । दुवै संघमा आवद्ध ५-५ जनाको मिलन समिति गठन गरिएको हो ।

विश्वहिन्दु महासंघ बाँसबारीका केन्द्रीय सदस्य गजेन्द्रबहादुर अर्याल, नारायणी अञ्चल सभापति बलराम शिवाकोटी उपसभापति कृण्णराज पन्त, सदस्य लेखनाथ वास्तोला, जिल्ला सभापति बालकुमारी अर्याल र जिल्ला सदस्य मन्जु पाण्डे त्यसैगरी सानोभर्याङ का केन्द्रिय सदस्य अनिता खरेल, धुव्रकुमार सिलवाल, चितवन सभापति प्रेमप्रसाद गैरे, कोषाध्यक्ष रामप्रसाद वस्ती, उपसभापति राजेन्द्र आर्चाय र जिल्ला सदस्य महाप्रसाद सिलवालबीच मिलन समिति बनेको छ ।

समितिका संयोजक गजेन्द्रबहादुर अर्यालको संयोजकत्वमा भरतपुरमा बैठक बस्यो । सो बंठकले दुई संघको मिलनमा आवश्यक मार्ग खोजी दिगो मिलनमा जाने निर्णय गरेको छ । मिलन संघले १ हप्तापछि बैठकमा मिलनका लागि भएका प्रगतिबारेमा थप छलफल गरी अगाडि बढ्ने संयोजक अर्यालले प्रष्ट पारे ।

माघ १५ गतेदेखि ओमकार परिवारको सक्रियता भरतपुरमा हुने महायज्ञको प्रचारप्रसारमा सक्दो सहयोग गर्ने छलफल समेत गरिएको संयोजक अर्याल बताए । दुई विश्व हिन्दु महासंघ एक हुनैपर्ने भन्दै चितवनका धार्मिक अभियन्ता विश्वहिन्दु महासंघ केन्द्रिय सदस्य सानोभर्याङ टंकनाथ पौडेलले पहल गरेको जानकारी दिए । यदि एक हुन सकेन भने विश्व हिन्दु महासंघको पद त्याग गर्ने समेत तयार भएको पौडेलले बताए ।

Loading...
SHARE
Previous articleकुकुरले बच्चाको लिंग नै खाइदिएपछि…
Next articleचाँगुनारायणमा प्रविधिक विषय पढाउन महायज्ञ लगाईने