भ्रमण बर्ष लक्षित गरि नगरकोटमा महोत्सव, तयारी सम्पन्न

0
21

भक्तपुर । स्थानीय उत्पादन एवं परम्परागत मौलिक वस्तुहरुको प्रर्दशनी सहित नगरकोट महोत्सब हुने भएको छ ।
भ्रमण बर्ष २०२० लाई लक्षित गर्दै आन्तरिक एवं बाह्य पर्यटकका लागि स्थानीय मौलिक झल्किने विभिन्न प्रस्तुतिहरु प्रदर्शन र लोपोन्मुख बाजागाजाहरु साथै स्थानीय खानाको परिकारहरु प्रदर्शन गर्दै नगरकोटमा तीन दिने महोत्सब हुने भएको छ ।
नेपाल भ्रमण वर्ष २०२० र सोनम ल्होसारको अवसरमा यहीँ माघ १०, ११, १२ गते नगरकोटमा तीन दिने महोत्सव हुने भएको हो ।
भक्तपुर र काभ्रे जिल्लाको सिमानामा रहेको नगरकोटबाट गणेश, लाङ्टाङ गौरीशंकर, सगरमाथा लगायतका हिमश्रीङ्खला देखिनुका साथै सुर्योदय र सुर्यस्तको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।
यो सँग सँगै स्थानीय मौलिक उत्पादन एवं परम्परागत भेष भुषा आदि प्रर्दशनी सहित दोश्रो नगरकोट महोत्सव हुन् लागेको नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नविन गुरुङले जानकारी दिए । उनका अनुसार चाँगुनारायण नगरापालिका र मण्डनदेउपुर नगरपालिका काभ्रे नेपाल पर्यटन बोर्ड, बागमती प्रदेश सरकार, पर्यटन व्यवसायीलगायतका विभिन्न संघ संस्थाहरुको सहयोगमा उक्त महोत्सब हुन लागेको हो ।
‘प्राकृतिक सम्पदा कला र सँस्कृति, पर्यटनको विकाश नगरकोटको उन्नती’ भन्ने मूल नाराका साथ मनाउन लागेका महोत्सवमा ख्याती प्राप्त कलाकारहरु चन्द्र कुमार दोङ , इन्दिरा गोले, विशाल काल्देन, शशिकला मोक्तानको प्रस्तुती रहने नगरकोट नाल्दुम पर्यटन विकास समितिका उपाध्यक्ष धनवहादुर लामाले जानकारी दिए ।

स्थानीय खाना, ढिकी, जातो, हलो, स्थानीय संस्कृति परम्पराको प्रस्तुती समेत हुने महोत्सवमा ५० वटा स्टल हुने लामाले जानकारी दिए ।
लामाका अनुसार तीन दिनसम्म चल्ले महोत्सवमा करिब २५ हजार भन्दा बढि आन्तरिक एवं बाह्य पर्यटकले उक्त महोत्सब अवलोकन गर्ने र १ करोड भन्दा भन्दा माथीको कारोवार हुने आफूहरुले अनुमान गरेको उनले बताए ।
भक्तपुरको पर्यटकिय स्थलहरुमा भक्तपुर नगर पछि सबै भन्दा बढि प्रख्यात रहेको नगरकोटमा हुन लागेको महोत्सबको सम्पूर्ण तयारी पुरा भएको समेत आयोजकले जनाएका छन् ।
तुलनात्मक रुपमा नेपाल घुम्न आउने पर्यटक मध्य १० देखि १५ प्रतिशत पर्यटक प्रत्यक बर्ष नगरकोट अवलोकन गर्न आउने गरेको तथ्याङक रहेको छ ।

Loading...
SHARE
Previous articleडोटी र वैतडीमा विपद् पूर्वतयारी परियोजना सुरु
Next articleभक्तपुरमा पहिलो पल्ट धल्चा भजनहरुको बिस्तृत अध्ययन प्रतिवेदन तयार