कोरियाले अबैधानिक बिदेशी कामदारमा गर्यो कडाइ, एकै महिनामा ८ हजारले कोरिया छोडे

0
36

कोरिया । अबैधानिक रुपमा बस्दै आएका कामदारका विषयमा सरकार कठार भएपछि एकै महिनामा ८ हजार भन्दा बढि कामदारले कोरिया छोडेका छन् । गत डिसेम्बरमा कोरियाको न्याय मन्त्रालयले सन् २०२० को जुन सम्म स्वेच्छाले देश छाडे पुनः कोरिया प्रवेशको लागि ढोका खुल्ला रहने भनेर घोषणा गरेसँगै देश छोड्नेको संख्या ह्वातै बढेको हो ।

कोरियाले तोकिएको अबधि भित्रै स्वइच्छाले देश छाड्नेहरुको लागि स्वदेश फिर्ती शुल्क समेत छुट दिने ब्यवस्था गरेसँगै यो संख्या बढेको हो । उक्त सुबिधा उपभोगकालागि हाइ कोरिया मार्फत अध्यागमन विभागलाई जानकारी गराउनु पर्ने छ । यसरि स्वेच्छाले फर्केका कामदारले चाहेको खण्डमा ९० दिनको पुनःप्रवेश भिषा समेत प्राप्त गर्न सक्नेछन ।
त्यस्तै मन्त्रालयले अबैधानिक कामदार राख्ने कम्पनीहरुलाई समेत नियम कडा परेको छ । आगामी मार्च ३१ तारिख देखि लागु हुने नियमानुसार अबैधानिक बिदेशी कामदार राख्ने कम्पनिहरुले मोटो रकम जरिवाना तिर्नु पर्ने छ र ३ बर्षको लागी कुनै बनि बिदेशी कामदार राख्न नपाउने नियम ल्यायको छ ।
यस्तै कोरियाले अबैधानिक कामदार रोक्न विभिन्न देश सँग समन्वय गरि रहेको छ ।

Loading...
SHARE
Previous articleभक्तपुरमा अण्डा उत्पादक संघ गठन
Next articleप्राविधिक शिक्षाका लागि चाँगुनारायण माबिमा सप्ताह सुरु