प्राविधिक शिक्षाका लागि चाँगुनारायण माबिमा सप्ताह सुरु

0
43

भक्तपुर । पूर्वराष्ट्रपति डा. रामवरण यादवले सामुदायिक विद्यालय तथा कलेजको शिक्षा गुणस्तरीय बनाउनुपर्नेमा जोड दिएका छन् ।
भक्तपुरको चाँगुनारायण नगरपालिका १ स्थित चाँगुनारायण माध्यमिक विद्यालयमा आयोजित सप्ताहव्यापी ज्ञान महायज्ञ शनिबार उद्घाटन गर्दै पूर्वराष्ट्रपति यादवले सामुदायिक विद्यालय तथा कलेजले दिने शिक्षाको गुणस्तरमा जोड दिएका हुन् ।

चाँगुनारायण माविमा प्राविधिक शिक्षाको अध्यापन गर्ने गराउने उद्देश्यले आर्थिक संकलन गर्न आयोजि महायज्ञको पहिलो दिन उनले देशका ८० प्रतिशत किसान तथा मजदुरका छोराछोरी पढ्न् सामुदायिक विद्यालय तथा कलेजको शिक्षाको सुधारविना देश विकास नहुने स्पष्ट पारे ।
कार्यक्रममा प्रदेश सांसद कृष्णलाल भँडेलले आफ्नो संसद विकास कोषबाट चाँगुनारायण माविलाई दस लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरे ।
चाँगुनारायण नपाका प्रमुख सोमप्रसाद मिश्रले विद्यालयलाई आवश्यकताअनुसारको सहयोग गर्न आफूहरु तयार रहेको सुनाए ।
नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले नेपाल ईञ्जिनियरिङ कलेजलाई कसैले ब्यबस्थापनको नाममा आफ्नो ब्यबस्था गर्छ भने ठूलो मूल्य चुकाउनु पर्ने बताएका थिए। उनले हाल विभिन्न वहानामा सामुदायिक विद्यालयलाई पछाडी पार्न स्थानीय निकाय नै लागि परेको आरोप समेत लगाएका थिए । ठुला परियोजना एवं अन्यको सम्पत्तीमा आँखा लगाउनु भन्दा आफूले नै केहि गर्न स्थानीय निकाय लाग्नु पर्ने उनको धारणा थियो ।
विद्यालयका प्रधानाध्यापक दधिराम गेलालले विद्यार्थीहरुलाई समयसापेक्ष प्राविधिक शिक्षासमेत दिने उद्देश्य पूरा गर्न महायज्ञ गरिएको जानकारी दिए ।
उनले महायज्ञबाट करिब एक करोड रुपैयाँ संकलन गर्ने लक्ष्य रहेको बताए ।
विद्यालयमा सिभिल, कम्प्युटर र कृषिसम्बन्धी डिप्लोमा इञ्जिनियरिङ कक्षा सञ्चालन गर्ने तयारी रहेको उनको भनाइ थियो ।

श्रीमद भागबत सप्ताह ज्ञान महायज्ञ माघ १९ गते सम्म चल्नेछ।

Loading...