देश निर्माण र धर्म रक्षाका लागि हिन्दु जागरणको प्रशिक्षण सम्पन्न

0
151

रुपन्देही । हिन्दु जागरण नेपालको तीन दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । रुपन्देही जिल्लाको बुटवल १२ नयाँ गाउँ स्थित मुक्तिनाथ धाममा देश तथा धर्म रक्षाका लागि आवश्यक स्वयमसेवकहरुलाई विभिन्न तालिम दिईएको हो ।
तालिममा योग ध्यान बौदिक तथा शारीरिक रुपमा कसरी सक्षम बनाउन सकिन्छ भनी विभिन्न तालिमहरु प्रदान गरिएको हिन्दु जागरण नेेेेपालका स्वयमसेवक धुर्व राज लुईटेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार तालिममा ७७ युवाको सहभागिता रहेको थियो ।
तालिमको समापन पूर्व सेनापति तथा महारथी रुक्मङ्गत कटुवालले गर्नुभएको थियो ।
उहाँले हाम्रो धर्म संस्कार एवं परम्परा मरे देश पनि मर्ने भन्दै यसको रक्षाका लागि हामी सबै एक जुट हुनु पर्ने बताउनुभएको थियो ।


बुटवलको ट्राफिक चोक हुँदै निकालिएको समापन कार्यक्रमलाई समापन गर्दै उहाँले सो कुरा बताउनुभएको थियो ।
हिन्दु जागरण नेपालका केन्द्रिय उपाध्यक्ष उमा ढकालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा हिन्दु  जागरण नेेेेपालका  स्वयमसेवक धुर्वराज लुईटेललाई सम्मान थियो ।

Loading...
SHARE
Previous articleकाभ्रेमा आत्महत्या गर्नेको संख्या बढ्दो, अधिकांशको कारण नैराश्यता
Next articleख्वप कलेजमा शैक्षिक प्रदर्शनी