चीनमा कोरोना फैलाउने अमेरिका : विजुक्छे (भिडियो सहित)

0
583

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले चीनमा कोरोना भाइरसले एक्कासी आक्रमण गर्नु संकास्पद भएको बताउनुभएको छ ।
पार्टीको जनवर्गीय संगठन नेपाल क्रान्तिकारी किसान संघ भक्तपुर जिल्ला समितिको सातौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उहाँले चीनमा कोरोना भाइरस फैलनुको पछाडी अमेरिकाको हात रहेको हुन् सक्ने बताउनुभएको हो ।
उहाँले अमेरिकाले विभिन्न देश सँग आफूले विविन्न तरिकाले जित्न नसकेपछि विभिन्न भाइरस र रोग फैलाउँदै विश्व राजनीति गर्दै आएको स्मरण गराउँदै यसको पछाडी पनि अमेरिकाको हात रहेको हुन् सक्ने बताउनुभयो ।
उहाँले उदाहरण स्वरुप भक्तपुरको कुखुरा ब्यवसाय देशमा नै पहिलो हुँदा र नेपाल कुखुरा पालन ब्यवसायमा आत्मनिर्भर भएपछि एक्कासी वर्ड फ्लुको भाइरस फैलिनु सँगै नेपालले कुखुराको मासु र अण्डा विदेशबाट मगाउनु पर्ने बाध्यता हुनुमा पनि संका रहेको बताउनुभएको थियो ।
चीन र अमेरिकाबीच व्यापार युद्धमा अमेरिका पछि परेपछि अमेरिकाले चीनविरुद्ध कीटाणु युद्ध गरेको आशंका आफूमा रहेको उहाँले बताउनुभएको थियो ।

अध्यक्ष बिजुक्छेंले पूँजीवादी व्यवस्थाको देश अमेरिकाले पैसाका लागि जे पनि गर्ने सन्दर्भहरुको चर्चा गर्दै चीनमा कोरोना भाइरस संक्रमण गर्नमा अमेरिकाको हात हुन सक्ने आशंका गर्दै अमेरिकी साम्राज्यवादको कारण विश्वले दुःख पाएको उल्लेख गर्नुभएको थियो ।

सन् १९४५ मा जापानमा, सन् १९६० मा भियतनाममा र सन् १९५०–१०५३ सम्म उत्तर कोरियामा अमेरिकी साम्राज्यवादले दुःख दिएको विगतबारे जानकारी दिँदै चीनको प्रगतिमा अमेरिकाले बाधा हाल्न कोरोना संक्रमण गराएको हुनसक्ने भएकाले सोको उचित छानविनको माग उहाँले गर्नुभएको थियो ।

यस्तै कार्यक्रममा उहाँले कोरोना संक्रमित चीनमा अध्ययनरत विद्यार्थीहरुलाई उपत्यकामा नै राख्न दिन नहुने बताउनुभएको थियो ।
सरकारले चीनमा अध्ययनरत विद्यार्थीहरुलाई नेपाल फर्काउने र तिनीहरुलाई काठमाडौंका चार ठाउँमा राख्ने प्रस्ताव अदूरदर्शी भएको बताउँदै विद्यार्थीलाई नेपाल भित्राउनु भन्दा उतै राख्नु उनीहरुका लागि सुरक्षित रहेको बताउनुभएको थियो ।
अध्यक्ष बिजुक्छेंले ती विद्यार्थीलाई काठमाडौंमा राखे महामारी फैलिन सक्ने सम्भावनालाई नकार्न नमिल्ने बताउँदै ‘काठमाडौं उपत्यकाका चार ठाउँ र भक्तपुरको दुई ठाउँमा राख्ने भनेका छन् , काठमाडौंमा राख्नु हुन्न, महामारी फैलिने सम्भावना हुन्छ, बरु ती विद्यार्थीलाई उतै चीनमै उपचार गराएर निको पार्नुपर्छ ।’ उहाँले भन्नुभयो ।
सो अवसरमा उनले कोरोना भाइरस लागेका संक्रमितको उपचारका लागि नेपाल सरकारसँग राम्रो तयारी नभएको बताउँदै चीनले सो भाइरसको संक्रमणलाई प्रतिरोध गर्न तीब्र गतिमा काम गरिरहेकाले विद्यार्थीलाई नेपाल फर्काउनु वुद्धिमानी नहुने समेत उल्लेख गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल क्रान्तिकारी किसान संघका अध्यक्ष डिल्लीप्रसाद काफ्ले, बागमति प्रदेशकाका सांसद सुरेन्द्रराज गोसाईंलगायतले किसान आन्दोलन र नेपाली किसानहरुको हितका लागि पार्टीले पुर्याएको योगदानको चर्चा गर्नुभएको थियोे ।

 

Loading...
SHARE
Previous articleआगामी १८ महिना भित्र सूर्यविनायक ७ नं. वडा गुण्डू पूर्णसरसफाइ वडा बन्ने
Next articleभक्तपुर औद्योगिक क्षेत्रका आगलागी भएपछि ……