पञ्चकन्यामा वाल अधिकार चेतना समूह गठन

0
24

भक्तपुर । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको आयोजनामा पञ्चकन्यामा वाल अधिकार चेतना समूह गठन भएको छ ।
चाँगुनारायण नगरपालिका वडा नम्वर ८ सुडालमा रहेको पञ्चकन्या माविका विद्यार्थीहरुको भेलाबाट उक्त समूह निर्माण भएको हो ।
मानव अधिकरा समुहका संयोजक बच्चुराम न्योपानेको अध्यक्षतामा उक्त समूह निर्माण भएको थियो । ।
कक्षा ६ देखि ९ कक्षा सम्मका विद्यार्थीहरुको भेलाबाट १५ सदसीय बाल अधिकार चेतना समूहको गठन भएको हो ।
चेतना समूह गठन कार्यक्रममा मान अधिकार निगरानी समूहका संयोजक बच्चुराम न्यौपानेले मानव अधिकार शिक्षा स्वास्थ्य र खाद्य अधिकारका विषयमा इन्सेक अन्तर्गत मानव अधिकार समूहले विभिन्न कार्य गर्दै आएको जानकारी दिनुभएको थियो । उहाँले पञ्चकन्यामा गठित बाल अधिकार चेतना समूहलाई शुभकामना दिदैं बाल अधिकार सँगै उनीहरुको कर्तब्यको सवालमा पनि आफूहरुले विभिन्न कार्यक्रम गर्ने जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा विद्यालयका उप प्राध्यानाध्यापक रञ्जना सापकोटाले बाल अधिकार संरक्षणमा सवै एक जुट हुनु पर्ने बताउनुभएको थियो । उहाँले बाल बालिकाका हक र अधिकारका सवालमा विभिन्न संघ संस्थाले गर्दै आउनुभएको भूमिकाको प्रसंसा गर्दै बाल अधिकारको मात्र नभएर उनीहरुको कर्तब्यको सवालमा पनि विभिन्न क्रियाकलाप गर्न आवश्यक रहेको बताउनुभएको थियो ।
यस्तै कार्यक्रममा शिक्षक गोपाल प्रसाद बरालले हाल सम्म आफ्नो विद्यालयमा बाल अधिकार चेतना समूह नभएको बताउँदै बाल अधिकार संरक्षणका लागि सकारात्मक अभियानका साथ विद्यालयमा आउनेहरुलाई आफूहरुले हमेसा सहयोग गर्नु बताउनुभएको थियो ।

चेतना समूहको अध्यक्षमा पुष्पा दुलाल
पुष्पा दुलालको अध्यक्षतामा पञ्चकन्या माविमा १५ सदसीय बाल अधिकार चेतना समूह गठन भएको छ । उक्त समूहमा उपाध्यक्ष कञ्चन तिमिल्सेना, सचिव निर्मला मानन्धर, सह सचिव राधा दुलाल, कोषाध्यक्षमा अमिर फुयाल सहित अन्य दश जना सदस्य रहेका छन् ।
यस्तै समूहको संरक्षकमा शिक्षक विष्णु महतारा रहनु भएको छ ।

विद्यालयका कक्षा ६ देखि ९ सम्मका विद्याथीका साथै शिक्षक डेकारामा दुलाल, विष्णु प्रसाद महतारा, सुसिला बानियाँ, खगेन्द्र सिजापती, शम्भु दुलाल, रञ्जु फसिकव, प्रकास दुलाल, मानव अधिकार निगरानी समूह चाँगुनारायण नगरपालिका वडा नम्वर ८ का सदस्य रामगोपाल श्रेष्ठ लगायतका महानुभावको उपस्थिती रहेको इन्सेक भक्तपुरका सहजकर्ता राजु मगरातीले जानकारी दिनुभयो ।

Loading...
SHARE
Previous articleलामो समय काम गर्दा कुर्सीमा कसरी बस्ने ?
Next articleभक्तपुर जिल्लास्तरीय धिमे बाजा प्रतियोगिता सुरु