“के गरौ भन” सार्वजनिक भिडियो सहित

0
7
अमेरिकामा बसेर नेपाली गीत संगीतमा क्रियाशील प्रतिभाशाली नवगायक आशिष पोख्रेलले आफ्नो पहिलो अफ़िसिएल म्युजिक भिडियो ‘के गरौ भन’ सार्वजनिक गरेका छन ।

‘के गरौ भन’ लोक आधुनिक शैलीको गीत हो । गीतमा स्वर आशिष पोख्रेलको छ भने , शब्द र संगीत उमेश राज खड्काको रहेको छ । उमेश राज खड्का गायक पोख्रेलका सांगेतिक गुरु समेत हुन् । यो गीतलाई बिक्रम कार्कीलेसंगीत संयोजन गरेका हुन् ।

म्युजिक भिडियोमा आर्जु बैजु , आशिष पोख्रेल, बसन्त अधिकारी र देव राज सापकोटाको अभिनय रहेको छ । गीतको छायांकन संकल भुजेलले गरेका हुन् भने भिडियो सम्पादन राम चौधरीले गरेका हुन् । म्युजिक भिडियोमा मिलन बिकको कोरियोग्राफी रहेको छ । शिशिर खातीको निर्देशनमा भिडियो तयार भएको हो । भिडियो गायक पोख्रेलको अफ़िसिएल य़ुट्युव च्यानल मार्फत सावजनिक गरिएको छ ।

यसघि गायक पोख्रेलले ‘म गुनगुनाउछु’ र ‘सायद यसरी’ बोलको लिरिकल भिडियो सार्वजनिक गरिसकेका छन । लोक आधुनिक , पप र रक गीत गाउन सक्ने पोख्रेल गायक संग संगै, गीतकार र संगीतकार समेत हुन् । उनको शब्द, संगीत र स्वरमा रहेको फरक खालको गीत ‘३६ घण्टा’ रिलिजको तयारीमा छ । ‘के गरौ भन’ गीत बाट दर्शक, स्रोता र मिडिया हाउसको सकारात्मक प्रतिक्रियाको अपेक्षा गायक पोख्रेलले राखेका छन ।

 

Loading...
SHARE
Previous articleबेरोजगारीको पिडा बोकेको गीत “ल्याङ्ग ल्याङ्ग जिन्दगी” सार्वजनिक (भिडियो)
Next article‘तिमी मेरो’को साथमा आए उज्ज्वल (भिडियो )