चीनबाट ल्याईने विद्यार्थी नगरकोटमा राख्नेभनेपछि नगरकोटबासी त्रसित भिडियो सहित

0
2742

भक्तपुर । कोरोना संकास्पद क्षेत्रबाट फर्कने हरुलाई भक्तपुरको नगरकोटमा क्वारेन्टाइनमा राख्ने भने पछि स्थानीय बासिन्दा त्रसित भएका छन् । चीन बाट ल्याईने हरुलाई भक्तपुरको खरिपाटी स्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्र र नगरकोट स्थित खानेपानीको तालिम केन्द्रमा राख्ने सरकारको तयारी सँगै स्थानीय बासिन्दा त्रसित भएका हुन् ।
प्राधिरण र खानेपानीको तालिम केन्द्रमा चीन बाट फिर्ता भएकाहरुलाई क्वारेन्टाइनमा राख्ने सरकारको निर्णय सँगै स्थानीय बासिन्दा विरोधमा उत्रेका हुन् ।
खरिपाटी स्थित नेपाल विद्युत प्राधिकरणमा यो हाल्ला सँगै विरोधमा स्थानीय उत्रेका थिए भने आइतबार देखि पुन नगरकोट स्थित खानेपानीको तालिम केन्द्रमा उनीहरुलाई राख्ने निणय आएसँगै नगरकोटबासी आन्दोलित भएका हुन् ।
बस्ती क्षेत्र नजिकै नै उनीहरुलाई राख्नेभएपछि स्थानीय त्रसित भएका छन् ।
नगरकोट स्थित खानेपानीको तालिम केन्द्रलाई सरकारले क्वारेन्टाइन प्रस्ताब गरेपछि स्थानीय हरु विहान देखि नै तालिम केन्द्रको गेटमा कालो झण्डा सहित विरोधमा उत्रेका छन् ।
कालो झण्डा देखाउँदै उनीहरुले आफूहरु मर्न तयार भएको तर कुनै पनि हालतमा विरामी सँका लागेकाहरुलाई उक्त क्षेत्रमा ल्याउन नदिने बताएका छन् ।
बाक्लो बस्तीका विच नै सरकारले उनीहरुलाई राख्न खोजेको भन्दै स्थानीय विरोधमा उत्रेका हुन् ।
स्थानीयबासिन्दाले चाँगुनारायण नगरपालिकामा समेत ज्ञापन पत्र बुझाउँदै हाल सम्म कस्तो रोग हो के भए सर्छ भन्ने समेत थाहा नभएको रोग यदी आफ्नो क्षेत्रमा फैलिय भयावह रुप लिन सक्ने भन्दै आफ्नो क्षेत्रमा ल्याउन नदिने भन्दै विरोध पत्र बुझाएको स्थानीय धनवहादुर लामाले जानकरी दिए । लामाका अनुसार हाल विश्वमा नै महामारीका रुपमा रहेको रोगलाई सरकाले हल्का रुपमा हेरेको आरोप समेत लगाएका थिए ।
सरकारले पछिल्ला दिनमा जस्तै सामान्य रुपमा यो रोगलाई लिएको छ यदि यो नेपाल जस्तो देशमा भयावह रुपमा दखियो भने लाखौंको ज्यान जान सक्छ यसैले उनीहरुलाई अनेत्र सुरक्षित स्थानमा राख्नु पर्ने उनको माग रहेको छ ।

विरोधमा उत्रेका जनता के भन्छन् त भिडियोमा नै

Loading...