शिक्षामा मातृभाषा भन्दै देश भरका मातृभाषाका शिक्षक संगठित

0
20

भक्तपुर । मातृभाषामा अध्ययन अध्यापनलाई प्रभावकारी बनाउने उद्देश्यका साथ देश भरका मातृभाषाका शिक्षकहरु संगठित भएका छन् । मातृभाषामा शिक्षालाई प्रभावकारी ढंगमा कार्यान्वयनमा लैजाने उद्देश्यसहित् देशभरका शिक्षकहरु संगठित् भएका हुन् ।

विद्यालय तहमा संविधानले निर्दिष्ट गरेबमोजिम मातृभाषामा सहज ढंगबाट शिक्षा उपलब्ध गराउने हेतुका साथ देशभरका शिक्षकहरु ‘मातृभाषा शिक्षा शिक्षक महासंघ’ गठन गर्दै संगठित् भएका हुन् ।

काठमाडौंस्थित् नयाँ बानेश्वरमा भएको भेलाले खड्ग बहादुर लामा अध्यक्ष रहने गरी तदर्थ समिति समेत गठन गरेको छ । जसको उपाध्यक्षमा अञ्जु लामा र दिपक तुलाधार छन् । त्यसैगरी महासंघको सचिवमा चेत कुमार लामा, सह–सचिवमा लाक्पा तामाङ र कोषाध्यक्षमा प्रेम लामा छानिएका छन् ।

महासंघले सातै प्रदेशका इन्चार्ज तथा संयोजकहरु समेत छानेको छ । भेलाले प्रदेश नम्बर १ को इन्चार्ज÷संयोजकमा हरिचन्द्र लावती, २ मा जनार्दनलाल दास, बागमती प्रदेशमा सुकमान बमजन, गण्डकी प्रदेशमा केयर सिं गुरुङ, प्रदेश ५ मा सवुर्णमान चौधरी, कर्णाली प्रदेशमा मान बहादुर मगर र सुदुरपश्चिम प्रदेशमा गीता जोशी लाई जिम्मेवारी दिने निर्णय गरेको थियो ।

सबै प्रदेशका इन्चार्ज एवं संयोजकहरुलाई सम्बन्धित प्रदेशभित्र महासंघ विस्तार गर्न जिम्मेवारी प्रदान गरिएको महासंघका अध्यक्ष खड्ग लामाले जानकारी दिए । महासंघको विस्तारित् पहिलो बैठक चाँडै बोलाउने समेत उनले बताए ।

महासंघले बाँकी केन्द्रीय सदस्यहरु पहिलो बैठकबाट मनोनित् गर्ने समेत लामाले बताए ।

त्यसैगरी महासंघको सल्लाहकार समेत चयन भएको छ । जसअनुसार महासंघको सल्लाकारमा भाषाविद् अमृत योञ्जन, मातृभाषा विज्ञ डा। लोकबहादुर लोप्चन, प्रशिक्षण विज्ञ लोकबहादुर वाईबा र पत्रकार बुद्ध लोप्चन छानिएका छन् । महासंघले आवश्यक परामर्शको आधारमा अन्य विज्ञहरुलाई सल्लाहकारमा मनोनित गर्ने समेत जनाएको छ ।
देश भर एक सय तीस भन्दा बढि मातृभाषा प्रचलनमा रहेको छन् । जसमध्य एक सय भन्दा बढि मातृभाषा लिपिवद्द रहेका छन् ।
देश भर मातृभाषाको संरक्षणका लागि शिक्षकहरुको संगठन मार्फत नै भाषाको बाहुल्यता भएका स्थानमा अध्ययन अध्यापनका लागि सहज वतावरण बनाउने उद्देश्यका साथ उक्त संगठन विस्तार गरिएको हो ।

Loading...
SHARE
Previous articleनिर्मला पन्त हत्या घटनामा प्रहरीको नयाँ प्रतिवेदन
Next articleझापाको हजार बिघा जग्गा भूमाफियाको क ब्जामा