तरकारी बेचेर गुजारा चलाउँंदै बुढाबुढी

0
79

सुनिता मगजू
भक्तपुर । भक्तपुरको ८० वर्षका एक दम्पती तरकारी बेचेर आफनो जिविकोपार्जन गरिरहेका छन् । गरिब परिवारमै हुकेका काजीबहादुर कासुला र उनकी श्रीमती हेलमनी तरकारी बेचेर गुजारा गरिरहेका छन् । उनीहरुका अनुसार बिगत धेरै वषदेखि नै उनीहरु यस काममा सलग्न छन् ।
बिहान ४ बजे यति चिसोमा उठेर भक्तपुरको पाँचतले मन्दिर नजिकैमा तरकारी बेच्न उनीहरु आउछन् । आफनो उव्जाउ खेत नभएका कारण तरकारी किनेर ल्याएर उनीहरु तरकारी बेच्छन् ।
तरकारी किन्दा तीन सयदेखि चार सय खर्च हुने उनीहरु बताउँंछन् । खासै आम्दानी नहुने गरे पनि जिविकोपार्जनका लागि काम गरिरहेको उनीहरु बताउँंछन् । बिहान ४ बजेदेखि नौ १० बजेसम्म बस्दा पनि तरकारी किनेको पैसा समेत उठाउँन गाहो हुने उनीहरु बताउँछन् ।
काजीबहादुर र हेलमती छुटाछुटै बसेर व्यापार गर्छन् । त्यही तरकारी बेचेर आफनो बिहानबेलुकीको खानाको वन्दोवस्त हुँंदै आएको उनीहरु बताउँंछन् ।
बदढो महँंगीका कारण आमजनतालाई जस्तै आफूहरुलाई पनि बाच्न गाहो भएको उनीहरु बताउँंछन् । हरेक सामानको महगीले गर्दा मानिसहरु चिन्तित भए जस्तै आफूहरु पनि चिन्तित भएको उनीहरु सुनाउछन् ।
(प्रशिक्षार्थी पत्रकार)

Loading...
SHARE
Previous article‘तिमी मेरो’को साथमा आए उज्ज्वल (भिडियो )
Next articleकाभ्रेमा जनप्रतिनिधिलगायतको लगानीः बीपी राजमार्ग रोकेर क्रसर उद्योग