भक्तपुरमा स्रष्टाहरू अभिनन्दित

0
27

भक्तपुर । साहित्य,संगीत र इतिहास संस्कृतिको क्षेत्रमा लामो समयदेखि निरन्तर योगदान पुर्याउंदै आउनु भएका स्रष्टाहरूलाई भक्तपुर साहित्यिक समाजले एक समारोह बीच सम्मान गरिएको छ ।
साहित्यका विभिन्न क्षेत्रबाट योगदान पुञ्याउँदै आउनुभएका उनीहरुलाई भक्तपुर साहित्यिक समाजले सम्मान र अभिनन्दन गरेको हो ।

सम्मानित स्रष्टाहरूमा ईतिहास संस्कृतिका ज्ञाता विनोदराज शर्मा,संगीतज्ञ रत्न बेहोसी,कवि चन्द्र प्रसाद न्यौपाने हुनुहुन्छ ।

उहाँहरूलाई प्रमुख अतिथि संस्कृतिबिद् तेजेश्वरबावु ग्वगःले भादगाउँले टोपी,दोसल्ला ओढाई सम्मान पत्र प्रदान गर्नुभयो । सो अवसरमा प्रमुख अतिथि ग्वगःले तिनै स्रष्टाहरू आ आफ्नो क्षेत्रमा स्थापित ब्यक्तित्व हुनुको साथै तिनको योगदानले समाजमा राम्रो प्रभाव परिरहने छ भन्नुभयो ।
सम्मनित स्रष्टाहरू शर्मा,बेहोसी र न्यौपानेको ब्यक्तित्व,योगदान र कृतित्वको बिषयमा क्रमशः काशीराम विरस,श्याम सम्यक,र जितेन्द्र रसिकले चर्चा गर्नुभयो ।
समारोहमा सम्मानित स्रष्टाहरूले सम्मानप्रति खुसी प्रकट गर्दै यसवाट आफ्नो क्षेत्रमा अझ लाग्ने प्रेरणा मिलेको बताउनु भयो । विशेष अतिथिहरू देवलाल उझांथाछें,राजाराम जोशीले भ.सा.स.ले गर्दै आईरहेको कार्यक्रमको प्रशंसा गर्दै आगामी दिनहरूमा यस्तै ओझिला कार्यक्रम गर्दै जाने आशा ब्यक्त गर्नुभयो ।
समाजका अध्यक्ष राजुराम मुनंकर्मीको सभापतित्वमा सम्पन्न उक्त समारोहमा नेपालभाषाका कवि प्रतिभा अनिश शाक्य,बौध्द धर्म संस्कृतिका अनुसंन्धानकर्ता डा.जुनु बासुकलालाई भ.सा.स.(आरवि फाउण्डेसन प्रतिभा पुरस्कारद्वारा पुरस्कृत गरिएको थियो ।

Loading...