किन निकाल्यो भक्तपुरमा तरुण दलले मसाल जुलुस भिडियो सहित

0
1949

भक्तपुरमा तरुण दलको मसाल जुलुस
कोरोना संकास्पद भक्तपुरमा ल्याउने भनेपछि भक्तपुुरबासी आक्रोसित
भक्तपुर । मध्यपुरमा नेपाल तरुण दल भक्तपुरले मसाल जुलुस निकालेको छ । भक्तपुरको बाखा बजार देखि शंखधर चोक सम्म सयौंका संख्यामा जम्मा भएका नेपाल तरुण दलका युवा तथा नेपाली काँग्रेसका प्रतिनिधिहरुले मसाल जुलुस निकालेका हुन् ।
सरकारको रवैयाको विरोध गर्दै उनीहरुले मसाल जुलुस निकालेका हुन् । कोरोना काण्डमा भक्तपुरमा नै राख्ने निर्णय र नेकपाको सदस्य भएकाहरुलाई बचाउने तर अरुलाई कारवाहीको दायरामा ल्याउँदै सरकार पूर्वाग्राही हुँदै गएको भन्दै तरुण दलले विरोध स्वरुप बिहिबार मसाल जुलुस निकालेको हो ।
बालुवाटार काण्डमा मुख्य अभियुक्तहरुलाई पन्छाउँदै लुकाउँदै केवल प्रतिपक्ष दलका हरुलाई मात्र तार्गेट गर्दै कारवाहीको दायरामा ल्याउने कोसिस गरिनु निन्दनिय भएको बताउँदै आफूहरुले विरोध स्वरुप मसाल जुलुस निकालेको तरुण दल भक्तपुरका अध्यक्ष राजु थापाले जानकारी दिनुभयो ।
उनका अनुसार विश्वमा हाल माहामारीका रुपमा रहेको कोरोना भक्तपुर ल्याउन खोज्नु अझ जोखिम हो यसको विरोध स्वरुप पनि आफूहरुले मसाल जुलुस निकालेको उहाँले बताउनुभयो ।
कोरोना संकास्पदहरुलाई भक्तपुरमा प्रवेश गर्न नै नदिने भन्दै उहाँले आफूहरु यसको विरोधमा अझ सक्रिय भएर लाग्ने बताउनुभयो ।
यस्तै कार्यक्रममा तरुण दलका जिल्ला सचिव राजु पुरीले आफुहरुको विरोध केवल न्यायका लागि भएको बताउनुभयो । उहाँले सरकार आफ्ना दलका नेता जोगाउँदै देश भर भ्रष्टाचार एवं अनैतिक बाटोमा गएका कारण यसको विरोध स्वरुप आफूहरुले मसाल जुलुस निकाल्न बाध्य भएको बताउनुभएको थियो ।
मसाल जुलुस बाखा बजारबाट सुरु भएर शंखधर चोकमा पुगेर कोण सभा गर्दै समापन भएको थियो ।
बाखा बजारबाट निकालियको मसाल जुलुसमा जिल्ला भरका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

Loading...
SHARE
Previous articleकाेराेना त्रास बसाइँ सर्ने तयारीमा खरिपाटीवासी
Next article३ लाख पुस्तक सहित भक्तपुरमा भोली देखि तीनदिने पुस्तक प्रदर्शनी हुने