जनयुद्ध दिवसका दिन प्रचण्ड बाबुरामलाई मान सिंहको खुल्ला पत्र

0
137

पूर्व द्वय प्रधानमन्त्री प्रचण्ड एंव बाबुराम भट्टराई ज्यू, नमस्कार तथा अभिवादन तपाईहरुको नाममा पत्र लेखे गल्ति भए माफ । हिजो जनयुद्धलाई अपराधी देख्नेहरु टाउकोको मुल्य तोक्नेहरु आज तपाईंहरुको सहयात्री र मित्र भए भन्ने पनि छन ।

हिजो तपाईको निर्देशन पालना गर्ने र तपाईहरुलाई बचाउनेहरु तपाईंको दुश्मन किन देख्नु हुदै छ, प्रचण्ड,बाबुराम कामरेड ।

तपाईंको निर्देशमा मर्न तयार भएका कमान्डरहरु प्रतिक्रियावादी क्याम्पमा धावा बोल्दै तिनै कमान्डरहरुले तपाईंलाई सिहदरबारको सम्माननीय पद सम्म पुर्याए ।

कदम कदाचित प्रतिक्रान्ति रोक्न नेतृत्व झुक्यो भने हजारौं योद्धा कमान्डर क्रान्ति जारी राख्नु पर्छ भनेर क्रान्तिको दस्तावेजमा तपाईको भनाई दाखिला छ ।

आज तपाईको स्कुलिङमा कमान्डर बनेकाहरुले क्रान्तिको सपना देख्नु के गलत होर प्रचण्ड,बाबुराम कमरेड रु तर नेपालमा हजुरहरुले हाकेको जनयूद्धले नकरातमक मात्र पारेको छैन यो देशको उज्यालो नेपाल गराउने जनार्दन शर्मा ,जनताको सेवक हु भनेर पहिचाहन बनाएका मातृका प्रसाद यादव प्रिय नेताहरु पनि छन ।

खुलाम रुपले अधिकारको मुद्दा उठाउना सिकाउने जनयुद्धको पाठ बाट थुप्रै कुराको उपलब्धि नभएको पनि होइन । जतिबेला म सुर्खेत सिम्ता आग्रीगाउँको एउटा सामान्य स्कुल लापु गलचौरमा पढ्दै गर्दा बाँझको रुखमा राजाको फोटो राखेर गुलेलिले राजाको टाउकोमा हान्न लगाएको आज पनि मलाई स्मरण छ ।

त्यो देशको विकास र परिवर्तनकै निम्ति थियो । एक घर एक माओवादी भन्ने नाराका साथ युद्ध अगाडी बढ्यो । यसका साथै थुप्रै परीवर्तन पनि भए राजतन्त्र ढल्यो गणतन्त्रको स्थापना भयो । माओवादी जनयुद्धको ठूलो उपलब्धि थियो ।
जुन कुरा तपाईरुले नै सिकाउनु भयो । तर तपाईको कार्यकर्ताको हैसियतले क्रान्तिको रक्षार्थ बोल्नु नैतिक कर्तव्य ठान्दछु । किनकि रगतको मुल्य चुकाएर हुर्काएको क्रान्ति हो, जसको पाठशाला तपाई नै हो ।

तपाईले क्रान्ति गर्न सिकाएका सहपाठीहरुले क्रान्ति जारी छ भन्दै शान्तिपूर्ण कार्यक्रम गर्नु, कार्यकर्ताहरु फरक फरक समूहमा विभाजन भई अधिकार माग गर्न खोज्नु पनि त्यति अनौठो कुरा होइन भन्ने लाग्छ ।

बर्गीय एजेन्डा बोकेको पार्टी बुर्जुवा पार्टीमा छलाङ मार्दा गलत भयो भन्न नपाउने हो । आफुले रचेको इतिहासलाई आफै अपराध सिद्द गर्नु खोजे इतिहासले छुट कसैलाई दिदैन ।

स्मरण रहोस् प्रचण्ड,बाबुराम कामरेड सिहदरबारका रैथाने बुर्जुवाहरु यो देशका बाधक हुन् । जबसम्म यिनीहरुको हैकम यो देशमा चल्छ तबसम्म देशले परिवर्तन कहिल्यै पाउने छैन ।

सामान्य मान्छे भेट्न जाँदा जुनखालको ब्यबहार हुन्छ सिंहदबारमा त्यो तपाईहरुले पाउनु भएको छैन नै किनाकी तपाईहरु आफैमा भि भि आई पि भईसक्नु भयो ।

भि भि आई पि र सर्वसाधरणलाई गर्ने र हेर्ने तरीका फरक छ । अहिले पनि आफुलाई राजा ठान्नेहरुको बगाल छ ।

हिजो राजामा मात्र निहित थियो आज बगालमा परिवर्तन भएको छ, राजा प्रवृत्ति । राजनीतिलाई आआफ्नो पारिवारिक नालीबेलीको सेवामा समर्पित पेवा बनाएका सामन्तीहरुले यो देशको मुहार फेर्नेकुरा काल्पनिक कथा मात्र हुन् ।

होइन भने तपाईहरुले अब भन्न सक्नु पर्छकि, जनयुद्द गलत थियो, जनयुद्दमा मारिएका शहिदहरु शहिद होइनन् र यिनै सिहदरबारका रैथाने ठालुहरू देवता हुन् ।

यिनैले परिवर्तन दिन सक्छन् हामी गलत थियौ । जनवादी राज्य सत्ताको लागि लड्ने नेता कार्यकर्ता आज असक्षम पीडामा र खाडीमुलुकमा ९० डिग्रिको गर्मीमा बेल्चा हानिराखेको अवस्था,कतिपय लासहरु बाकसमा प्याक भएर नेपाल आउँदै गर्दा हामी नेपाली हौँ भनेर कसरी गर्भ गर्ने यो पत्र हजुरहरुले पढ्ने समय त नमिल्ला तर पनि अहिलेको सञ्जाल मार्फत हजुरहरुको वरिपरि रहनेले पक्कै सुनाउलान् भन्ने आसामा यो सन्देश पठाएको छु ।

तपाईंहरुको बिशेष सहयोगबाट पटक पटक बनेको सरकारबाट आशातीत गरियो तर निरंकुश बन्दै र क्रान्तिको बिगुल फुक्नेलाई दबाउने र अहिले तपाईंको जनवादी शिक्षाबाट प्रभावित भएका थुप्रै साथिहरु बाहिर छन् ।

त्यसैले क प्रचण्ड ज्यू तपाईसँगै हतियार मार्गनिर्देशन गर्ने क बाबुराम भट्टराई उनीजस्तै बाहिर छरिएर रहेका कामरेडहरुलाई एकैठाउँमा ल्याउनुहोस् र देशैभरी एउटा नयाँ सन्देश छर्नुहोस् । किनकि यो देशको सम्भाबनै सम्भावना बोकेको नेता तपाई नै हो ।

यउटा एमाले संग गरेको पार्टीएकताले पनि प्रचुर सम्भावना भएको नेता क।प्रचण्ड नै भन्ने छ । त्यसैले पनि हिजो झापा आन्दोलन बाट उदाएको एमाले पार्टी र दश वर्षे जनयुद्ध बाट स्थापित भएको माओवादी पार्टी एउटै पार्टी बन्न सम्भव भयो भने बाबुराम त त्यसकै नेतृत्व गर्ने मध्येका एक हुन् ।

त्यसैले पनि बाबुराम र तपाई एक ठाउमा रहेर कार्य गर्न सम्भव भएको हुनाले तपाई यो विषयमा मौन नहुन अनुरोध छ ।

यतिबेला हिजोका कथित संसदवादीहरु तपाईंको ढाडमा टेकेर क्रान्तिकारी शक्तिको शिरमा प्रहार गर्न उनीहरुलाई सजिलो भएको छ तर यसको परिणाम असामान्य हुनसक्छ ।

अहिले तपाईंलाई योग्य र शक्तिशालि बनाएका छन् किनकि तपाईंले जन्माएको बिरुवाहरुलाई अपराधी र अयोग्य बनाउन सजिलो हुने ठानेका छन्, टाउकाको मूल्य तोक्नेहरु ।

सबैलाई अयोग्य बनाउदै अन्ततः हाम्रो इतिहासलाई नै समाप्त पारिदिने चेष्टा गर्दै छन् । तपाईलाई अभिभावक ठानेर आफ्नो पिडा, गुनासो र आलोचना गर्दा मन भावुक हुन्छ, अनेक प्रस्नहरु गर्न मन छ ।

बास्तवमा यति छिटै हाम्रो अभिभावक र नेता गलेजसरी गरी पार्टी टुक्रा टुक्रा भएको देख्ने मन थिएन । यो पुस्ताको नायक बनेको हेर्ने धोको छ ।

कठिन समयमा जोखिम उठाउने तागत तपाई संग हुँदाहुँदै किन जनयुद्धका यात्रिसंगै यात्रा गर्न सम्भव देख्नु भएन फरक पार्टी जस्ले बैल गाडा चढेर अमेरीका पुग्ने सपना नदेख्नुहोस् भन्ने अभिब्यत्ति दिदै गर्दाका साथिहरुसंग एकता हुने नेता मान्न तयार हुन सक्ने तर एउटै युद्ध लडेको पार्टी एक हुन नसक्ने हामी त अचम्मित छौँ नै नेपाली क्रान्तिको भबिस्य देख्ने बिश्वका क्रान्तिकारीहरु पनि चकित छन् आज ।

अब जनयुद्धका घाइते सहिद परिवार र जनवादप्रति आसा गरेका जनताको प्रश्नको जवाफ दिनु छ । कालोबजारी, भष्ट्राचारी, बलात्कारीहरु समाजमा हैकम जमाएर बसेका छन्, तिनैका विरुद्ध अहिले पनि कलम युद्ध गर्न मेरो यहि पत्र मार्फत सुझाव छ ।

जस्ले जनयुद्ध लडने क्रममा बुर्जुवा शिक्षा भनेर प्रमाणपत्र च्यातन लगाउने र जनवादी शिक्षा भनेर प्रशिक्षण गर्ने आज आएर हरेक ठाउमा शिक्षाको कुरामा अड्काउने जनयुद्ध लडेका हाम्रा साथिहरु ठाउँ नपाएर बाहिर तड्पिने अवस्थाको अन्त्य गर्न हिम्तका साथ सरकार र पार्टी नेतृत्वमा दवाव पुर्ण सरलताका साथ लागु हुने गरी कुरा उठाउन अनुरोध छ ।

युद्ध लड्नेहरु किन पिजडा भित्र पर्नु पर्ने कमरेड युवा शक्तिको सीप र क्षमतालाई विदेशी बजारमा लिलाम गर्न वातावरण बनाउन मिल्दैन ।

पुर्ब प्रधानमन्त्री ज्यु तपाईंहरुले भन्नु हुन्थ्यो क्रान्तिकारीहरु ‘रुदा रुदै हास्नु पर्छ’ भनेर तर गणतन्त्र आए पछि क्रान्तिकारीहरु रुनु मात्रै पर्यो ।

अन्याय अत्याचार भोग्नु मात्र पाइयो । सीमाबाट पिलर हराएको,सिमानामा गोली हानि तरकारी ल्याउन जानेको ज्यान गएको मात्र खबर पढ्न पाइयो ।

नेपाली चेलीहरु विदेशका गल्लीमा बेचिएको खबर र ती चेलीहरुको आँखा भरी आँसु देख्न पाइयो । खेतबारी साहुँको जिम्मा लगाएर पैसा कमाएर साहुको रिन तिर्न विदेश गएका युवाहरुको अवस्था र बिरतीयको क्षण देख्न पाइयो ।

अब यो गणतन्त्र कस्ताका लागी आएको हो तपाईंले नै भन्नू भएको हो ‘अन्याय सहनु भन्दा बिद्रोह गरेर न्याय खोज्नु’ ।

मान सिंह ठकुरी
पूर्व अखिल क्रान्तिकारी केन्द्रिय कोषाध्यक्ष

आज क्रान्तिकारीहरुले चाहेको जस्तो न्याय अझै मिलेको छैन, तसर्थ बिद्रोह गर्नु अधिकार खोज्नु हजुर समक्ष गुनासो पोख्नु तपाईकै मार्गदर्शनलाइ पालना गर्दछौ प्रिय कमरेड प्रचण्ड,बाबुराम ज्यू यो पत्र लेख्दाको दिन सम्मा आराम छु आराम चाहान्छु आरामताको कामना गर्दै यो कम्प्यूटरको किर्वोड थिच्दै गर्दा किर्वोडको गल्ति छैन यदि मेरो गल्ति भएमा माफ चाहन्छु कामरेड माफ उहि परीवर्तन कारी योद्दा मान सिंह ठकुरी देशले छिटै निकास र विकास पावस गरीव र दिन दुखिका पक्षमा कलम यूद्दले न्याय दिन र लेख्न सकोस यहि प्रतिक्षामा बस ।

उनै लेलिन, मार्कस, माओलाई प्रार्थाना गर्दछु ।

मान सिंह ठकुरी

पूर्व अखिल क्रान्तिकारी केन्द्रिय कोषाध्यक्ष

Loading...