एजे कप भलिबल प्रतियोगिताको तयारी सम्पन्न, खेल भोली देखी

0
14

भक्तपुर ।छैटौं विद्यालयस्तरीय एजे कप भलिबल प्रतियोगिताको तयारी सम्पन्न भएको छ । आदर्श ज्योति(एजे) सेकेण्डरी स्कुलको आयोजनामा फागुन ३ गतेबाट हुने छैटौं विद्यालयस्तरीय भलिबल प्रतियोगिताको तयारी सम्पन्न भएको विद्यालयले जनाएको छ ।

‘भलिबल खेलको प्रर्वद्धन गरौं’ भन्ने मूल ध्येयका साथ भलिबल खेलको नियमित प्रशिक्षण तथा प्रतियोगिता गरी राष्ट्रिय खेलाडीसमेत उत्पादन गर्न सफल विद्यालयले छैटौं आदर्श ज्योति(एजे) कप भलिबल प्रतियोगिता २०७६ को सम्पूर्ण तयारी सकिएको विद्यालयले पत्रकार सम्मेलन मार्फत जनाएको छ ।

आयोजक विद्यालयका अनुसार खेल फागुनको ३, ४ र ५ गते विद्यालय प्राङ्गणको चौरमा हुने विद्यालयले जनाएको छ ।

प्रतियोगिता सम्बन्धी विद्यालयले आयोजना गरेको पत्रकार भेटघाटमा प्रतियोगिताका संयोजक एवं विद्यालयका खेलकुद इन्चार्ज तथा भलिबल खेलका राष्ट्रिय प्रशिक्षक राष्ट्रिय रेफ्री रुकेश शाहीले स्पर्धामा काठमाडौं उपत्यकाका विद्यालयहरुअन्तर्गत छात्रतर्फ ८ र छात्रातर्फ ८ टीमको सहभागिता रहेको जानकारी दिए ।

नेपाल भलिबल संघ र फेडेरेशन अफ इन्टरनेशल भलिबल ९फिब० को नियमानुसार र लिग कम नकआउट प्रणालीबाट हुने स्पर्धामा छात्रतर्फ ९६ र छात्रातर्फ ९६ गरी कूल १९२ जना खेलाडीहरुको सहभागिता रहेको उनका छन् ।

प्रतियोगितामा उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सर्भर, प्लेयर अफ दि टुर्नामेन्ट घोषणा गरी पुरस्कृत गर्ने समेत विद्यालयले जनाएको छ ।

प्रतियोगिताअन्तर्गत प्रथम, द्धितीय र तृतीय हुने विद्यालयलाई शिल्ड, मेडल, प्रमाणपत्रका साथै नगद पुरस्कारसमेतको व्यवस्था छ । नगद पुरस्कार अन्तर्गत प्रथम हुने टीमलाई नगद रु १५,०००, द्धितीय हुने टीमलाई नगद रु १०,००० र तृतीय हुने टीमलाई नगद रु ७,००० प्रदान गरिने आयोजक विद्यालयका प्रिन्सिपल कृष्णराम दुवालले बताए ।

Loading...
SHARE
Previous articleबालुवाटार जग्गा प्रकरणः गृह मन्त्रालयले दियो प्रहरीमा किटानी जाहेरी
Next articleचन्द्र शमशेरको जति पनि क्षमता नभएको ओली सरकार …..